काठमाडौं- नेपाल बैंकको कार्यकारी अधिकृत (सीईओ)मा तिलकराज पाण्डेय नियुक्त भएका छन्।
शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले पाण्डेयलाई सीईओमा नियुक्त गरेको हो। सीईओको प्रतिस्पर्धामा पाँच जनाको नाम छनोट भएको थियो। जसमध्ये व्यावसायिक कार्ययोजना र अन्तर्वार्तापछि पाण्डेलाई सीईओ नियुक्त गरिएको हो।
सीईओको दौडमा पाण्डेयसँगै अशोककुमार पौडेल, ध्रवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त भट्ट थिए। खुला प्रतिस्पर्धाबाट सीईओ छनोटका लागि बैंकले असोज २१ गते दरखास्त आह्वान गरेको थियो