काठमाडौं- काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा अनुशासन इञ्चार्ज (डीआई) राख्न नपाइने भएको छ। काठमाडौं महानगरले विद्यालयमा अनुशासन इञ्चार्ज राख्न नपाउने निर्णय गरेको हो।
डीआईले विद्यार्थीमा भय सिर्जना गर्ने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएकाले विद्यार्थीमैत्री सिकाइ वातावरणका लागि त्यस्तो पद नराख्न महानगरले विद्यालयहरूलाई पत्राचार गरेको छ।
महानगरको शिक्षा अधिकारी सिताराम कोइरालाले शुक्रबार काठमाडौं महानगरका सबै विद्यालयलाई पत्र पठाएर डीआई नराख्न भनेका छन्।
महानगरका अनुसार केही निजी विद्यालयमा राखिएका डीआईले विद्यार्थीलाई कुटपिट गरेको भन्दै महानगरमा गुनासो आएको थियो।