आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार, संसदमा पेस गर्ने सरकारको तयारी

images
बिहीबार , पुस ५ २०८०
images
images
सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार, संसदमा पेस गर्ने सरकारको तयारी

सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि संघीय संसद्‌मा विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल नियमन र व्यवस्थानका लागि विधेयकको मस्यौदा तयार गरेको छ। सूचना र प्रविधिको बढ्दो विकाससँगै यसको उपयोग र दुरुपयोगका सवाल सिर्जना भइरहेका बेला सरकारले नियमनका लागि संघीय संसद्‌मा विधेयक प्रस्तुत गर्ने तयारी गरेको हो। 

images
images
images

विज्ञापन बोर्डले आज आयोजना गरेको डिजिटल माध्यम तथा सामाजिक सञ्जालमा हुने विज्ञापन नियमनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सहसचिव नेत्रप्रसाद सुवेदीले सामाजिक सञ्जालको नियमन र व्यवस्थापन चुनौतीको विषय बनेका सन्दर्भमा आमनागरिक र सरोकारवालाको आग्रहका आधारमा विधेयक बनाइएको तथा मस्यौदालाई चाँडै सुझावका लागि सार्वजनिक गरिने जानकारी दिए।

images

सो विधेयक मस्यौदा समितिका संयोजक सहसचिव सुवेदीले पहिलो पटक यसप्रकारको कानून बन्न लागेको उल्लेख गर्दै सामाजिक सञ्जालमा हुनसक्ने दुरुपयोग र गलत सूचनाको प्रयोग तथा त्यसबाट हुनसक्ने हानि नोक्सानी रोक्न विज्ञापन नियमनका विषय पनि उक्त कानूनले सम्बोधन गर्ने बताए। नेपाल सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका जारी गरिसकेको छ।

images
images
images

बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले प्रस्तावित विधेयकमा विज्ञापनदाता, एजेन्सी र सरोकारवालासँगको राय लिएर सुझाव दिइने बताए। उनले प्रविधिको विकास र विस्तारलाई रोक्न नसकिने भएकाले यसको नियमन तथा व्यवस्थापन आवश्यक भएकाले बोर्डले सरोकारवालासँगको परामर्शमा विद्युतीय माध्यम र सामाजिक सञ्जालमा हुने विज्ञापनका लागि नियमनका मापदण्ड तयार गरेको बताए।

नेपाल विज्ञापन संघका अध्यक्ष सोम धितालले नियमन गरिँदा विज्ञापन एजेन्सीका १५ प्रतिशत सेवा शुल्क कटौती हुन नहुने र विज्ञापन बजारमा भइरहेको रोजगारीमा निरुत्साहन हुन नहुनेमा जोड दिए। रासस


प्रकाशित : बिहीबार , पुस ५ २०८०१६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend