आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

प्रिमियम आईपीओ निष्कासनमा आर्थिक चलखेल देखियो : अख्तियार

बोर्ड र क्रेडिट रेटिङ कम्पनीको भूमिकामाथि प्रश्न

images
बुधबार, पुस ४ २०८०
images
images
प्रिमियम आईपीओ निष्कासनमा आर्थिक चलखेल देखियो : अख्तियार

घोराई र सोनापुरले आफ्नो नाफा नोक्सान खातामा मूल्यह्रासको रकम कम लेखांकन गरी घाटामा रहेको कम्पनीले नाफा देखाएका छन्। मूल्यह्रासको रकम कम देखाउन कम्पनीले सम्पत्तिको आयु बढाएका छन्।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पछिल्लो समय प्रिमियममा सेयर जारी गर्न अनुमति दिएका कम्पनीहरुको प्राथमिक सेयर निष्कासनप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक चलखेल भएको आशंका गरेको छ।

images
images
images

धितोपत्र बोर्डले प्राथमिक सेयर निष्कासन गरेका कम्पनीले वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन नगरेको ठहर आयोगको छ। धितोपत्रको रेटिङ निर्धारणसमेत वस्तुपरक नभएको अख्तियारको बुझाइ रहेको छ।

images

'कुनै कम्पनी वा संस्थाको प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्दा धितोपत्र बोर्डले उक्त कम्पनी वा संस्थाका सबै वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र अनुमति दिने। सो क्रममा धितोपत्रको रेटिङ निर्धारण वस्तुपरक भए/नभएको अनुगमन गर्ने। धितोपत्रको प्रिमियम मूल्य निर्धारण गर्दा आर्थिक चलखेलको गुञ्जायस देखिएकाले उपयुक्त र विश्वसनीय मूल्यांकन विधिबाट धितोपत्र निष्कासन गर्न प्राथमिकता दिने', अख्तियारले भनेको छ। 

images
images
images

धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो तजबिजी अधिकारको दुरुपयोग गर्दै पछिल्लो समय खराब कम्पनीहरुलाई पनि प्रिमियममा आईपीओ निष्कासन गर्न अनुमति दिएका थिए। घोराई सिमेन्ट, सोनापुर मिनरल्सलगायतका कम्पनीको खराब वित्तीय विवरणले गरेको कृत्रिम सजावटलाई नजरअन्दाज गर्दै हमालले प्रिमियममा प्राथमिक सेयर निष्कासन गर्न अनुमति दिएका थिए।

यी कम्पनीहरुले आफ्नो नेटवर्थ सकारात्मक देखाउन सम्पत्तिको मूल्यांकन अंकित मूल्यमा नभइ बजार मूल्यका आधारमा देखाएका छन्। यस्तै कम्पनीलाई नाफामा देखाउन कम्पनीले नाफा नोक्सान खातामा गरेको गम्भीर प्रकृतिको छेडखानीलाई समेत बोर्डले आफ्नो बेवास्ता गर्दै आएको छ। कम्पनीको वित्तीय विवरण अध्ययन गर्ने काम बोर्डको नभई क्रेडिट रेटिङ एजेन्सी, बिक्री प्रबन्धक र लेखापरीक्षकको भएको भन्दै बोर्ड अध्यक्ष हमाल आफ्नो जिम्मेवारीबाट पन्छिँदै आएका छन्। आफ्नो तजबिजी अधिकारको दुरुपयोग गर्दै कमिसनका आधारमा विभिन्न लाइसेन्स प्रक्रिया अगाडि बढाएका हमालले आफ्ना सबै गल्तीहरु बोर्डका कर्मचारीमाथि थोपर्ने काम गरिरहेका छन्। 

घोराई र सोनापुरले आफ्नो नाफा नोक्सान खातामा मूल्यह्रासको रकम कम लेखांकन गरी घाटामा रहेको कम्पनीले नाफा देखाएका छन्। मूल्यह्रासको रकम कम देखाउन कम्पनीले सम्पत्तिको आयु बढाएका छन्। सर्वसाधारणबाट सेयर जारी गर्नका लागि कम्पनीलाई नाफा देखाउन वित्तीय विवरणमा छेडखानी गर्ने यी कम्पनीले कर प्रयोजनका लागि ठूला करदाता कार्यालयमा भने घाटाको विवरण पेस गर्दै आएका छन्। 

बुक बिल्डिङ प्रक्रियामार्फत प्रिमियममा सेयर जारी गर्न अनुमति पाएको सर्वोत्तम सिमेन्टले समेत यही विधिको प्रयोग गरेर सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रियामा छ। 

यस्तै, हमालले नेपालको पुनर्बीमाको क्षेत्रमा राम्रोसँग परीक्षण भइनसकेको हिमालयन रिइन्स्योरेन्स कम्पनीलाई पनि प्रिमियममा सेयर जारी गर्ने अनुमति दिएका थिए। हिमालयन रि इन्स्योरेन्सलाई प्रिमियम आईपीओ जारी गर्नैका लागि हमालले धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गराएका थिए। यसअघि ३ वर्षसम्म लगातार नाफामा रहेका कम्पनीले मात्रै प्रिमियममा जारी गर्न पाउनेमा नियमावली संशोधन गरेर दुई वर्ष बनाइएको छ।

यस्तै, इन्स्योरेन्स कम्पनीले सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गर्न नपाउने असल अभ्यास भएपनि बीमा ऐनको कानूनी छिद्रको दुरुपयोग गर्दै उनले आईएमई लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा सेयर निष्कासनका लागि अनुमति दिएका थिए।


प्रकाशित : बुधबार, पुस ४ २०८०१६:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend