सोमबार, वैशाख १७ गते २०८१    
images
images

राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम

images
images
images
राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ४७ मतदाता कायम

राष्ट्रियसभा निर्वाचन आगामी माघ ११ गते हुँदैछ। निर्वाचन कार्यक्रम बमोजिम पुस २० गते मतदाता नामावली प्रकाशित हुनेछ।

images
images

काठमाडौं- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मतदाता नामावली स्वीकृत गरेको छ। उक्त निर्वाचनमा कुल दुई हजार ४७ मतदाता कायम गरिएको छ।

images
images
images

राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने कानूनी व्यवस्था छ। उक्त व्यवस्थाबमोजिम प्रदेशसभा सदस्य पाँच सय ४९ तथा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख एक हजार चार सय ९८ मतदाता रहेका छन्।

images

स्वीकृत नामावलीमा प्रदेशसभा सदस्यतर्फ कुल मतदाता पाँच सय ५० मध्ये निधन भएका प्रदेशसभा सदस्य एक जनाको नाम हटाइ पाँच सय ४९ कायम गरिएको छ।

images

त्यसैगरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कुल मतदाता एक हजार पाँच सय छ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिकाका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक तथा नगरपालिकाका प्रमुख चार जनाको नाम हटाइ कुल एक हजार चार सय ९८ जनाको नामावली स्वीकृत गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।

images
images

निर्वाचनका लागि प्रदेशसभा सदस्यको कुल मतभार २९ हजार ९७, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार चार सय ६२ गरी जम्मा ५७ हजार पाँच सय ५९ मतभार कायम गरिएको छ।

आयोगबाट निर्धारित मतभारबमोजिम प्रदेशसभाका सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १९ रहेको छ।

निर्वाचन कार्यक्रम बमोजिम यही पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा उक्त मतदाता नामावली प्रकाशित हुनेछ।

प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनुपर्ने भए सच्याउन तथा मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिनेछ। यही पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ। रासस

images

प्रकाशित : बुधबार, पुस ४ २०८००३:४२

प्रतिक्रिया दिनुहोस