आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

उदयपुर सिमेन्टको निरीक्षण गर्दै अर्थमन्त्रीले भने - सरकारले अनुदान दिएरमात्रै बचाउन सकिँदैन

images
बुधबार, पुस ४ २०८०
images
images
उदयपुर सिमेन्टको निरीक्षण गर्दै अर्थमन्त्रीले भने - सरकारले अनुदान दिएरमात्रै बचाउन सकिँदैन

'उद्योग व्यवसाय प्रतिस्पर्धामा टिक्नुपर्छ। जो प्रतिस्पर्धी व्यवसायी हुँदैन, त्यो टिक्दैन। यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबरजस्ती बचाउन सकिँदैन। यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गरौँ।’

images
images

उदयपुर- अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्त्वपूर्ण भएको भन्दै यसको सञ्चालनमा आएका समस्याहरु सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन्। 

images
images
images

बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै अर्थमन्त्री महतले सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको बताए। 'सरकारले अनुदान दिएर मात्र समाधान निस्किँदैन। व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो', उनले भने, 'कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौँ। विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ।’

images

उदयपुर सिमेन्ट उद्योगले साउँब्याज तिर्नु नपरेको अवस्थामा समेत सञ्चालन खर्चको दायित्वसम्म पनि पूर्ति गर्न नसकेको उनले बताए। ‘उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो। त्यसबेला ४४ करोड लगानी भएको छ। अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही तिर्नुपर्दैन, तिरेको पनि छैन', अर्थमन्त्री महतले भने, 'सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ। तर सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन। अहिले ७५ करोड रुपैयाँको दायित्व देखिन्छ।’

images
images
images

व्यावसायिकतालाई महत्त्व नदिँदा उद्योगमा यो अवस्था आएको उनले बताए। उनले भने, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्‍यो, त्यहाँ पनि कमजोरी छ। व्यवसायिकतालाई हामीले महत्त्व दिएनौँ। व्यवस्थापनको नेतृत्व पनि त्यस्तै। श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने। त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो।’ 

कोभिडका कारण समस्या आएको भन्दै जिम्मेवारीबाट पन्छिन नमिल्ने उनको भनाइ छ। 'कोभिडपछि मात्र यस्तो भएको हो भन्ने ठाउँ छैन। त्योभन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको थियो। समस्या आयो भनेर जिम्मेवारीबाट पन्छिने अवस्था पनि छैन। हामी सबै सुध्रिनेबाहेक अर्को विकल्प छैन’ उनले भने, 'मेरोभन्दा पनि अझ बढी महत्त्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता हामीसँग भएन। यसैकारण नेपालमा सार्वजनिक क्षेत्र सफल हुन सकेको छैन।’

अहिले सुविधामाग्नमा भन्दा पनि यसलाई बचाउनु प्रमुख जिम्मेवारी भएको उनी बताउँछन्। 'अहिले हामीलाई सुविधा चाहिँदैन भन्नुपर्छ, रातविरात नभनी काम गर्नुपर्छ। यसलाई बचाउनु हाम्रो जिम्मेवारी हो, यसलाई बचायौँ भने पछि सुविधा माग गरौँला। यो समृद्ध भयो भने त्यहीअनुसार माग गर्न पाइन्छ। यो नै मर्‍यो भने कहाँ कोसँग के माग्ने?’ 

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उनको भनाइ थियो। 'उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँग नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिन्छ। उदयपुर जिल्लाकै अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान दिइरहेको यस उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरियो भने सरकारले पनि सहयोग गर्छ', उनले भने।

अन्तबाट उठेको करले यो उद्योग बचाउन नसकिने भन्दै उनले यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गर्नुपर्ने बताए। 'उद्योग व्यवसाय प्रतिस्पर्धामा टिक्नुपर्छ। जो प्रतिस्पर्धी व्यवसायी हुँदैन, त्यो टिक्दैन। यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जबरजस्ती बचाउन सकिँदैन। यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गरौँ। यो प्रतिबद्धता आयो भने नगरिनहुने काममा सरकारले पहिलो चरणमा हेर्नेछ। त्यसपछि तपाईँहरुको परफमेन्स हेरेर सरकारले अगाडिको कदम चाल्नेछ।’


प्रकाशित : बुधबार, पुस ४ २०८०१३:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend