काठमाडौं- बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला दुई सय रूपैयाँले बढेको सुनको मूल्य मंगलबार प्रतितोला एक हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला एक लाख १९ हजार रूपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १८ हजार चार सय ५० रूपैयाँ कायम छ।
चाँदीको मूल्य आज तोलामा १५ रूपैयाँले बढेर प्रतितोला एक हजार चार सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।