आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

अख्तियारमा पर्वतका उजुरी बढे, धेरै स्थानीय तहका

images
मंगलबार, पुस ३ २०८०
images
images
अख्तियारमा पर्वतका उजुरी बढे, धेरै स्थानीय तहका

धेरै उजुरी कुश्मा नगरपालिकाको २९ वटा उजुरी छन्। ती मध्ये १३ वटा फछ्र्यौट भइसकेका छन् भने १९ वटा छानबिनको क्रममा छन्।

images
images

पर्वत- अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जिल्लास्थित सरकारी निकायका ८९ वटा उजुरी दर्ता भएका छन्। उजुरीमध्ये सबैभन्दाबढी स्थानीय तहका छन्। आयोगको कार्यालय पोखरा शाखाका अनुसार प्राप्त उजुरीमध्ये सातवटा स्थानीय तहका ५६ वटा र  बाँकी ३३ वटा अन्य सरकारी कार्यालयका रहेका छन्।

images
images
images

धेरै उजुरी कुश्मा नगरपालिकाको २९ वटा उजुरी छन्। ती मध्ये १३ वटा फछ्र्यौट भइसकेका छन् भने १९ वटा छानबिनको क्रममा छन्। त्यसैगरी फलेवास नगरपालिकाका- ९ वटा उजुरीमध्ये चार वटा फछ्र्यौट भइसकेका र तीन वटा बाँकी रहेका छन्। जलजला गाउँपालिकाको गत आर्थिक  वर्ष र चालु आर्थिक वर्ष गरी नौ वटा उजुरी परेकामा दुई वटा फछ्र्यौट भएका र छ वटा कारबाहीको प्रक्रियामा छन्। पैँयस गाउँपालिकाका दुई वटा उजुरी रहेका छन् भने एउटा फछ्र्यौट भइसकेको छ। 

images

यता महाशिला गाउँपालिकामा दुईवटा, मोदी गाउँपालिकाका १५ वटा उजुरी परेका छन्। तीमध्ये चार वटा फछ्र्यौट भइसके भने ११ वटा प्रक्रियामा रहेका छन्। यसैगरी विहादी गाउँपालिकाका तीन वटा उजुरी परेकामा दुईवटा फछ्र्यौट भएका र एउटाको छानबिनको क्रममा रहेको छ। स्थानीय तहका ५६ उजुरीमध्ये २७ वटा फछ्र्यौट भइसके भने २९ वटा बाँकी रहेका छन्।

images
images
images

परेका उजुरीमध्ये सार्वजनिक खरिद ऐन विपरीत वस्तु तथा सामान खरिद गरिएका बढी छन्। त्यसैगरी अनुदानमूलक कार्यक्रममा भएको अनियमितता, राजस्व चुहावट, सामाजिक सुरक्षा भत्ता, अपांगता परिचयपत्र दुरुपयोग, जग्गा अतिक्रमण, विद्यार्थीको दिवा खाजा र छात्रवृत्ति रकम दुरुपयोगजस्ता शीर्षकका छन्।

त्यसैगरी नक्कली लाइसेन्स र लाइसेन्स नै नभएका व्यक्तिलाई शिक्षकमा नियुक्ति, दैनिक भ्रमण भत्ता, विकास निर्माणका काममा गुणस्तरहिन वस्तु प्रयोग तथा लागत इस्टिमेटअनुसार काम नभएका उजुरीसमेत परेको शाखा प्रमुख अश्मान तामाङले जानकारी दिए।

भ्रष्टाचारमा स्वयं कार्यालयका कर्मचारीको कमजोरी देखिएको छ भने जनप्रतिनिधि, ठेकेदार र व्यवसायीको समेत संलग्नता रहेको पाइएको उनको भनाइ थियो। पछिल्लो समय उजुरी पर्ने क्रमसमेत ह्वात्तै बढेको र  तीनै तहका सरकारका अधिकारीको विषयमा दुविधा हुँदा पनि उजुरीको सङ्ख्या बढ्दै गएको पाइएको प्रमुख तामाङले बताए।


प्रकाशित : मंगलबार, पुस ३ २०८०१७:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend