आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

विद्युतीय लाइन विस्तार नहुँदा दम्तीमा सबस्टेसन सञ्चालनमा ढिलाइ

images
मंगलबार, पुस ३ २०८०
images
images
विद्युतीय लाइन विस्तार नहुँदा दम्तीमा सबस्टेसन सञ्चालनमा ढिलाइ

२०७३ देखि निर्माण थालिएको सबस्टेसन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म सम्पन्न हुन सकेको छैन।

images
images

प्यूठान- प्यूठानमा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको छ। विद्युतको अनियमितता कम गर्ने उद्देश्यले प्यूठान नगरपालिका-८ दम्तीमा सबस्टेसन निर्माण सुरु गरिए पनि लामो समयसम्म काम थालिएको छैन।

images
images
images

सबस्टेसन नहुँदा विद्युत् अनियमितताले व्यापार-व्यवसायमा समस्या भइरहेको स्थानीय व्यवसायी शिशिर थापाले गुनासो गरे। सबस्टेसनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न लागिएको वर्षौँ बित्दा पनि सबस्टेसन सञ्चालनमा ल्याइएको छैन।

images

विसं २०७३ देखि निर्माण थालिएको सबस्टेसन २०७४ असार मसान्तसम्म सम्पन्न गरी सञ्चालन गरिनुपर्ने भए पनि छ वर्षसम्म निर्माण सम्पन्न हुन सकेको छैन। दम्तीमा ११ रोपनी जग्गामा एक ‘कन्ट्रोल भवन’ र दुईवटा ‘स्टाप क्र्वाटर’ निर्माण गरिएको छ। सबस्टेसनसम्म ३३ केभीको प्रसारण लाइन विस्तार गर्न तार टाँग्ने काम अधुरै छ।

images
images
images

सबस्टेसनसम्म विद्युतीय लाइन विस्तार नहुँदा सबस्टेसन सञ्चालनमा ढिलाइ भएको नेपालगञ्जस्थित नेपाल विद्युत् प्राधिकरण लुम्बिनी प्रदेश डिभिजन कार्यालयका प्रमुख ई हरिप्रसाद पाण्डेले बताए। उनले भने, 'धेरै ठाउँमा तार टाँगिएको छ, पुलमा जमिनमुनिबाट तार बिछ्याउने ठाउँमा ढुङ्गा भेटिएकाले समय लागेको छ।'

सात करोड ५० लाख रूपैयाँको लागतमा सबस्टेसन निर्माणको काम काठमाडौंको आरके इन्टरनेसनलले र पाँच करोड ३३ लाख रूपैयाँको लागतमा लाइन विस्तारको ठेक्का त्रिपुरेश्वर-जयदुर्गा जेभीले जिम्मा लिएका थिए।

प्रमुख पाण्डेले सबस्टेसन शीघ्र सञ्चालनका लागि प्रयास भइरहेको जानकारी दिए। सबस्टेसन सञ्चालन र सडकमा टाँगिएको अव्यवस्थित तार व्यवस्थापन गर्नुपर्नेमा स्थानीयवासीले जोड दिँदै आएका छन्। सबस्टेसन नजिकैका सडकमा होचा पोलमा भएका तार व्यवस्थित गर्न अतिआवश्यक भएको स्थानीयवासी शशिधर पण्डितले बताए।

विद्युत् प्रसारण लाइनका लागि नदी किनारमा बाँध नहुँदा बगाउने जोखिम र सडकमा होचा तारले अग्ला गाडीमा करेन्टको जोमिख रहेको भन्दै लाइन सुरक्षित गर्नसमेत आग्रह गर्दै आएका उनको भनाइ थियो। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८०१२:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend