आइतबार, माघ ६ गते २०८१    
आइतबार, माघ ६ २०८१
images
images

प्रदेश राजधानी जोड्ने सडक निर्माण सुरु

images
मंगलबार, पुस ३ २०८०
images
images
प्रदेश राजधानी जोड्ने सडक निर्माण सुरु

सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी ५१ करोड ४४ लाख रूपैयाँ लागतमा निर्माण व्यवसायी सिद्ध बाबा-ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ।

images
images

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकबाट बागमती प्रदेशको राजधानी हेटौँडा जोड्ने छोटो दुरीको सडक निर्माण सुरु भएको छ। रोशी गाउँपालिकाअन्तर्गत बिपी राजमार्गको कटुञ्जेबाट खार्पाचोक लेखपानी-सुँगुरे-बूढाखानी-फोक्सिङटार-गोकुले-तालढुङ्गा हुँदै हेटौँडासम्म प्रादेशिक सडक निर्माण सुरु गरिएको हो।

images
images
images

बागमती प्रदेश सरकारले उक्त सडक आयोजनाका लागि गत आर्थिक वर्षमा ९४ करोड ६९ लाख रूपैयाँ सुनिश्चित गरेको थियो। चालु आवमा सात करोड रूपैयाँ विनियोजन गरी निर्माण सुरु भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

images

उक्त कार्यालयमार्फत पहिलो चरणमा १५ किलोमिटर सडक स्तरोन्नतिका लागि ठेक्का आह्वान भइसकेको छ। सडक खस्नबाट रोक्न पर्खाल लगाउने, स्ल्याब, कलभर्ट निर्माण तथा ह्युमपाइप बिछ्याउनेलगायत संरचना निर्माण हुनेगरी ५१ करोड ४४ लाख रूपैयाँ लागतमा निर्माण व्यवसायी सिद्ध बाबा-ग्रिन ताराले ठेक्का सम्झौता गरेको छ।

images
images
images

आयोजनाको बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा, भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री तीर्थ लामा र प्रदेशसभा सदस्य रत्न ढकालले संयुक्तरूपमा एक कार्यक्रमबीच काभ्रेपलाञ्चोकको रोशीस्थित कटुञ्जेमा सोमबार शिलान्यास गरे।

बागमती प्रदेश सरकारले छ हजार किलोमिटर सडकलाई प्रादेशिक सडकमा सूचीकृत गरेर प्राथमिकताका आधारमा कालोपत्र गर्दै जाने बताएको छ। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८०१०:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend