काठमाडौं- मंगलबार अमेरिकी डलरको मूल्य बढेर १३३.२० रुपैयाँ पुगेको छ। डलरसँगै युरोपियन युरोको भाउ पनि बढेको छ। बेलायती पाउण्ड स्टर्लिङको मूल्य भने घटेको छ।
सोमबार १३३.११ रुपैयाँमा स्थिर रहेको अमेरिकी डलरको बिक्री दर मंगलबार १३३.२० रुपैयाँ पुगेको छ। मंगलबार १ अमेरिकी डलरको खरिद दर भने १३२.६० रुपैयाँ तय भएको छ।
यस्तै मंगलबार १ युरोको बिक्री दर १४५.३४ रुपैयाँ र खरिद दर १४४.६९ रुपैयाँ रहेको छ। सोमबार १ युरोको बिक्री दर १४५.०३ रुपैयाँ थियो।
मंगलबार १ पाउण्डको बिक्री दर १६८.५२ रुपैयाँ र खरिद दर १६७.७७ रुपैयाँ छ। सोमबार १ पाउण्डको बिक्री दर १६८.७३ रुपैयाँ र खरिद दर १६८ रुपैयाँ थियो।
यस्तै सिंगापुर डलरको मूल्य पनि मंगलबार बढेको छ। सोमबार ९९.९२ रुपैयाँ बिक्री दर तय भएको सिंगापुर डलरको मंगलबारका लागि १००.०३ रुपैयाँ छ।