शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस ३ २०८०
images
तस्करी रोक्न सुरक्षाकर्मीलाई तालिम

तस्करले सवारीसाधनबाट नयाँ-नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

images
images

किमाथांका- सङ्खुवासभामा सवारीसाधनबाट हुनसक्ने चोरी तस्करी नियन्त्रण गर्न सुरक्षाकर्मीलाई तालिमको व्यवस्था भएको छ। तस्करले सामग्री ओसारपसार गर्दा सवारीसाधनको प्रयोग गर्न थालेपछि चोरी रोक्न प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम दिइएको हो।

images
images
images

कुन सवारीसाधनमा कहाँ-कहाँ फल्स बटम हुन्छ भन्ने सुरक्षाकर्मीले बुझ्न जरुरी भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी अनुशिक्षण तालिम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए। 

images
images

तस्करले सवारीसाधनबाट नयाँ-नयाँ तरिका अपनाएर तस्करी गर्ने भएकाले त्यसलाई रोक्न सुरक्षाकर्मीलाई तालिम सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

images
images

तस्करले कस्ता-कस्ता स्थानमा फल्स बटम बनाएर लुकाउन सक्छन् भन्ने सवारीसाधनका सम्भावित ठाउँका बारेमा सुरक्षाकर्मीलाई प्रयोगात्मक अभ्याससमेत गराइने उनको भनाइ छ।

चोरी तस्करीका घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीलाई सवारी खानतलासी तालिम आवश्यक भएको उनले बताए। सवारीसाधनमार्फत अवैध सामग्री ओसारपसारका बारेमा प्रहरी ज्ञान, सीप नहुँदा प्रहरीको सवारीजाँच प्रभावकारी नहुने भएका कारण प्रहरीलाई सवारीसाधन खानतलासीसम्बन्धी तालिम आवश्यक भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए।

गत आइतबारदेखि सुरु भएको सवारीसाधन खानतलासीसम्बन्धी पाँचदिने अनुशिक्षण तालिम बिहीबार सम्पन्न हुनेछ। तालिममा जिल्लाभरका एक सय प्रहरी सहभागी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालय र मनराम मोटर्सको आयोजनामा तालिम आयोजना भएको हो। रासस


प्रकाशित : मंगलबार, पुस ३ २०८००९:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend