काठमाडौं- सरकारले घुन्सा खोला जलविद्युत आयोजनाको लागि ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका स्थित करिब ३ सय २९ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ। मंसिर २८ गते बसेको मन्त्रिपरिषद्को बैठकेल सो निर्णय गरेको हो।
यस्तै बैठकले पूर्व-पश्चिम विद्युतीय रेलमार्गको निजगढ-बर्दिबास खण्डमा पर्ने घर टहरा तथा जग्गाहरुको मुआब्जा/क्षतिपूर्ति/राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ।
नेपाल सरकार र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा एकापसमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय पनि बैठकले गरेको छ।
गएको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सचिवमा वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गरेको छ भने सात जना सचिवहरूको सरूवा गर्ने निर्णय गरेको छ।
यस्ता छन् मन्त्रिपरिषद् बैठकको पछिल्ला १६ निर्णयहरु