आइतबार, मंसिर ९ गते २०८१    
images
images

यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिनेगरी एनआईसी एसिया र एआई अन्सारीबीच साझेदारी

images
आइतबार, पुस १ २०८०
images
images
यूएईबाट नेपालमा सजिलै रकम पठाउन सकिनेगरी एनआईसी एसिया र एआई अन्सारीबीच साझेदारी

अब एआई अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।

images
images

काठमाडौं- रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (यूएई) मा रहँदै आएका नेपालीले नेपालमा सजिलै रकम पठाउन सक्नेगरी एनआईसी एसिया बैंक र एआई अन्सारी एक्सचेन्जबीच साझेदारी भएको छ।

images
images
images

समझदारी अनुसार यूएईमा आक्रामक बजार विस्तार गरिरहेको उक्त कम्पनीका २ सय ५० भन्दा बढी शाखा कार्यालयहरु तथा डिजिटल च्यानल (वेबसाइट तथा मोबाइल एप) बाट नेपालमा रकम पठाउन सहज हुने दुवै साझेदारको विश्वास रहेको छ।

images

साझेदारी कार्यान्वयनमा आएपश्चात् अब एआई अन्सारी एक्सचेन्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिनेछ।

images

भौतिकरुपमा यूएईभर तथा वेबसाइट तथा मोबाइल एपबाट डिजिटलरुपमा दरिलो उपस्थिति रहेको उक्त एआई अन्सारीबाट पठाइएको रकम यस बैंकका ३ सय ६० शाखा कार्यालय, १ सय ११ विस्तारित काउन्टर, ५५ वटा शाखा रहित बैंकिङ इकाई र १६ हजार भन्दा बढी रेमिटेन्स एजेन्टहरूमार्फत सहजै भुक्तानी लिन सकिनेछ।

साथै, यस बैंकको मोबाइल बैंकिङ एपभित्र रहेको रेमिट्यान्स आइकनमा ट्याप गरेर रिसिभ रेमिटभित्र आफूलाई प्राप्त रकम र यूनिक पिन विवरण राखेपश्चात् रकम खातामा स्थानान्तरण गरी रेमिटेन्स रकम सहजै बुझ्न सकिने व्यवस्था समेत रहेको छ।


प्रकाशित : आइतबार, पुस १ २०८०१६:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend