सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

नेटवर्क समस्याबाट मुक्त भयो लाग्ना, अब चाैबिसै घण्टा चल्छ फोन

images
आइतबार, पुस १ २०८०
images
images
नेटवर्क समस्याबाट मुक्त भयो लाग्ना, अब चाैबिसै घण्टा चल्छ फोन

यसअघि टावरमा सोलार प्रणाली जडान हुँदा बिहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुँदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो। अहिले टेलिकमको टावरमा विद्युत जोडिएपछि भने स्थानीयवासीलाई फोन गर्न सहज भएको छ।

images
images

जुम्ला- जुम्लाको तातोपानी गाउँपालिका-४ स्थित हाँकुको लाग्नामा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जोडिएपछि स्थानीयवासीलाई फोन गर्न सहज भएको छ।

images
images
images

माथिल्लो कर्णालीका धेरैजसो टेलिफोन टावर सौर्य उर्जा प्रणालीबाट सञ्चालित भएकाले घाम लागे मात्रै टेलिफोन टावर सञ्चालन हुने गरेका छन्। हातमा स्मार्ट मोबाइल सेट भए पनि नेटवर्क नै नहुँदा खबर आदानप्रदान निकै समस्या हुने गरेको छ। यस्तै समस्या झेल्दै आइएकामा अहिले उक्त टावरमा विद्युत जोडिएपछि जुनसुकै बेला पनि टेलिफोन सेवा सञ्चालन हुने गरेको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिए।

images

यसअघि त्यो टावरमा सोलार प्रणाली जडान हुँदा बिहान ७ बजेदेखि बेलुका ६ बजे घाम हुँदासम्म मात्रै टेलिफोन सेवा सञ्चालन हुने गरेको थियो। वडाध्यक्ष रोकायाले भने, 'टेलिफोन नेटवर्क नहुने समस्याबाट मुक्त हुन टावरमै विद्युत लाइन पुर्‍याइएपछि सहज भएको छ। अब गाउँमा २४ सै घण्टा टेलिफोन सेवा सञ्चालन हुनेछ।'

images
images
images

समुद्र सतहबाट दुई हजार ८५० मिटर उचाइको हाँकुलाग्ना टावरमा गिडीखोलाको जाल्पादेवी विद्युत आयोजनाबाट विद्युत लाइन पुर्‍याएपछि यो क्षेत्रका गिडिखोला, पर्थेनी, नियापानी, पाण्डेबाडा, हाँकु, गौतमवाडा, ऐरेनी र चन्दननाथ नगरपालिकाका उमगाड, जातिभिड, कोटिला, रोकायावाडालगायत गाउँमा राति पनि नेटवर्क आउने गरेको स्थानीयवासी प्रेमराज पाण्डेले जानकारी दिए।

१५ लाख रूपैयाँको लागतमा हाँकुलाग्ना टावरमा विद्युतको लाइन पुगेपछि धेरै गाउँ बस्तीका नागरिकलाई टेलिफोन पहुँच पुगेको छ। वडा कार्यालयको ६ लाख र सुर्खेतस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालयको नौ लाख ९६ हजार गरी कुल १५ लाख ९६ हजार रूपैयाँमा टावरमा विद्युत लाइन पुर्‍याइएको हो। उक्त टावरमा समेत फोरजी इन्टरनेट सेवा जडान गरिएको वडाध्यक्ष रोकायाले बताए। रासस


प्रकाशित : आइतबार, पुस १ २०८०१२:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend