सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

१९ महिनापछि भारतमा भन्दा न्यून मूल्यवृद्धि नेपालमा

images
शुक्रबार, मंसिर २९ २०८०
images
images
१९ महिनापछि भारतमा भन्दा न्यून मूल्यवृद्धि नेपालमा

औषत मूल्यवृद्धि भने अझै पनि भारतको तुलनामा नेपालमा १.५८ प्रतिशतले उच्च छ।

images
images

काठमाडौं- साढे एक वर्षपछि गएको महिना नेपालमा भारतमा भन्दा न्यून मूल्यवृद्धि रेकर्ड भएको छ। 

images
images
images

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नोभेम्बरमा नेपालमा मूल्यवृद्धि गत वर्षको यही महिनाको तुलनामा ५.३८ प्रतिशत कायम भएको छ। यो सोही अवधिमा भारतको तुलनामा ०.१७ प्रतिशत हो। 

images

नोभेम्बरमा भारतको उपभोक्ता मूल्यवृद्धि ५.५५ प्रतिशत रहेको थियो। पछिल्लो समय अक्सर भारतको तुलनामा उच्च मूल्यवृद्धि हुँदै आएको नेपालमा कात्तिकमा भने न्यून भएको हो। 

images
images
images

यसअघि सन् २०२१ को अप्रिलमा भारतको तुलनामा नेपालमा उपभोक्ता मूल्यवृद्धि न्यून भएको थियो। त्यसपछि एकैपटक नोभेम्बरमा न्यून भएको छ। 

औषत मूल्यवृद्धि भने अझै पनि भारतको तुलनामा नेपालमा १.५८ प्रतिशतले उच्च  छ। 

कात्तिकमा नेपालमा न्यून कारोरबार भएको र यही अवधिमा वस्तुभन्दा सेवाको कारोबार उच्च हुँदा पनि मूल्यवृद्धि न्यून कायम भएको हो। 

नेपालको तुलनामा भारतमा न्यून मूल्यवृद्धि हुँदा नेपाली मुद्राको क्रयशक्ति प्रभावित हुन्छ। भारतीय मुद्रासँग स्थिर विनिमय दर भएपनि बजारको क्रयशक्ति तथा बजारको सुपथपन प्रभावित हुँदै आएको छ। 

विश्व बैंकले पछिल्लो समय निकालेको एक प्रतिवेदनले भारतको तुलनामा नेपालमा उच्च मूल्यवृद्धि हुँदा नेपाली मुद्राको अधिमूल्यण बढ्दै गएको उल्लेख गरेको छ। 


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend