सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

मनपरि सञ्चालनले बचत फिर्ता गर्न नसक्ने अवस्थामा कान्तिभैरव सहकारी, ६० करोड बिनाधितो ऋण, जोखिममा १ अर्ब २० करोड

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २९ २०८०
images
images
मनपरि सञ्चालनले बचत फिर्ता गर्न नसक्ने अवस्थामा कान्तिभैरव सहकारी, ६० करोड बिनाधितो ऋण, जोखिममा १ अर्ब २० करोड

बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने समस्या भएपछि अहिले अमेरिका गएका छन्।

images
images

काठमाडौं- गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन्।

images
images
images

सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित संघर्ष समितिले जनाएको छ। समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा ७ हजार ७ सयभन्दा बढी बचतकर्ता छन्। सहकारीमा बचतकर्ताको १ अर्ब २० करोड ८० लाख ४ सय ८० रुपैयाँ रहेको उनले जानकारी दिए।

images

समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा ६० करोड रुपैयाँ ऋण बिनाधितो लगानी गरेको सुनाएका थिए। त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन्। ६ करोड मात्र धितो राखेर लगानी गरेको पाइएको समितिका सदस्य राजेशकुमार विष्टले सुनाए।

images
images
images

सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ भने गत असोजसम्म संघर्ष समितिमा बसेकालाई लाख रुपैयाँ र साधारण बचतकर्तालाई हजार रुपैयाँका दरले पैसा बाँडिएको बताउँछन्।

धर्नापछि बिहीबार भएको बैठकमा पनि संघर्ष समितिका नेतामात्र सहभागी भएर अरुलाई नराखिएको उनले सुनाए। बागमती प्रदेशसभा सदस्य बिमल ठकुरीको सहजीकरणमा आजको बैठक भएको जनाइएको छ। यससम्बन्धमा प्रदेशसभा सदस्य ठकुरीको प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन। 

छ महिनाअघिदेखि नै सहकारीका सञ्चालक, कर्मचारी कार्यालय आउन छोडेका छन्। सहकारी बन्द भएको छैन भन्ने देखाउनकै लागि मात्र कार्यालय खोल्ने कर्मचारी पठाएर कार्यालय खोल्ने गरिएको पीडित लकबहादुर तामाङले जानकारी दिए। दैनिक जाँदा पनि कर्मचारी, सञ्चालक नभेटिने तर कार्यालयको मूल ढोकामात्र खुल्ने गरेको उनले बताए।

सहकारीमा बचत गरेर समस्या परेका बेला गर्जो टार्ने आशा गरेका पीडित भने दैनिक सहकारीको कार्यालय पुगेर निराश हुँदै फर्कने गरेका छन्। सहकारीले पैसा फिर्ता नगरेपछि धेरै बचतकर्ताले बिरामी भएका बेला उपचार गर्न पनि पाएका छैनन्।

सहकारीका कर्मचारी राजकुमार श्रेष्ठले ७० लाख ऋण लिएको भेटिएको संघर्ष समितिका अध्यक्ष सुवास श्रेष्ठले बताए। बचतकर्ताको बचत फिर्ता गर्न नसकेको सहकारीका सञ्चालक राधेश्याम श्रेष्ठ भने अहिले विदेश गएका छन्। उनी अष्ट्रेलियाबाट फर्केर सहकारीको बचत फिर्ता गर्न नसकेर समस्या भएपछि अमेरिका गएको समितिले जनाएको छ।

सहकारीका सञ्चालक र धेरै कर्मचारी एउटै टोल गोकर्णेश्वर नगरपालिका वडा नं. ४ चौताराका रहेको पीडित बचतकर्ताको भनाइ छ।


प्रकाशित : शुक्रबार, मंसिर २९ २०८०१०:०३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend