शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न उच्चको आदेश

images
बिहीबार , मंसिर २८ २०८०
images
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वमन्त्री खाणलाई ३० लाख धरौटीमा छाड्न उच्चको आदेश

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई ३० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।

images
images

काठमाडौं- उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई ३० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ।

images
images
images

न्यायाधीश कृष्णराम कोइरालाको इजलासले आज खाणलाई ३० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो।

images
images

'बालकृष्ण खाणबाट मुलुकी फौजदारी कार्यविधि संहिता २०४७ को दफा ६८ र ७२ बमोजिम काठमाडौं जिल्ला अदालतबाट २०८०/८/१ मा थुनामा राखी पुर्पक्ष गर्ने गरी भएको आदेशलाई बेरितको देखिँदा बदर गरी तीस लाख रूपैयाँ धरौटी, जमानत वा बैंक जमानत दिई/लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने गरी मिति २०८०/०८/१५ मा भएको रायमा सहमतिको राय कायम गरिदिएको छ', आदेशमा भनिएको छ।

images
images

न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मङ्सिर १५ गते उक्त विवादमा राय बाझी आदेश भएको थियो। आदेशमा खाणको हकमा तेस्रो न्यायाधीशसमक्ष पेस गर्न भनिएको थियो। सोहीअनुसार आज सुनुवाइ भएर अदालतबाट सो निर्णय भएको हो।

अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend