शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण

images
बिहीबार , मंसिर २८ २०८०
images
धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षण

जोनअन्तर्गत आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो। यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको हो।

images
images

चितवन- जिल्लामा रहेको धान जोनमा उत्पादन नबढेपछि माटो परीक्षणको काम सुरु गरिएको छ। भरतपुरस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले जिल्लामा रहेको धान जोनको माटो परीक्षण सुरु गरेको हो।

images
images
images

मंगलबारदेखि माटो परीक्षणको काम सुरु गरिएको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुंगानाले जानकारी दिए। उनका अनुसार जोनअन्तर्गत आठ हजार ५४० हेक्टर जमिनमा धान खेती गरिएको थियो। यहाँको उत्पादन र उत्पादकत्व वृद्धि नभएपछि माटो परीक्षण गरिएको उनले जानकारी दिए।

images
images

सूचना अधिकारी ढुंगानाका अनुसार गत वर्ष ३९ हजार ८८२ मेट्रिकटन धान उत्पादन भएको थियो। यो प्रतिहेक्टर पाँच दशमलव दुई मेट्रिकटन उत्पादकत्व हो। यसवर्ष पनि सोही अनुपातमा धान उत्पादन भएकाले माटो परीक्षण गरिएको उल्लेख गर्दै उनले भने, 'धान उत्पादन दश प्रतिशतले वृद्धि हुनुपर्ने हो, तर हुन सकेन। कारण पत्ता लगाउन माटो परीक्षण गरिएको हो।'

images
images

जोन क्षेत्रमा रोगका किराको आक्रमण माटोका कारणले भएको हुनसक्ने देखिएपछि एक हजार ५० नमुना संकलन गरेर परीक्षण सुरु गरिएको र जोनमा लगाइएको धानमा नेक ब्लास्ट (घाँटी मरुवा), सित ब्लाइट, कालोपोके र गबारोलाग्नेजस्ता समस्या देखापरेको थियो। यो समस्या माटोमा कुन तत्वको कमीले भएको हो भन्ने विषयमा माटो परीक्षणबाटै जानकारी हुने उनले बताए।

माटो परीक्षण गर्दा माटोमा प्रांगारिक पदार्थ, नाइट्रोजन, फसफोरस, पोटासको मात्रा कति छ र अम्लियपन वा छ्यारीयपन कति छ भन्ने पत्ता लगाइन्छ।

जिल्लामा धान जोन सुरु भएको चार वर्ष भएको छ। अन्य दुई वर्षमा उत्पादन र उत्पादकत्व वृद्धि राम्रो भए पनि यस वर्ष हुन नसकेको उल्लेख गर्दै सूचना अधिकारी ढुंगानाले भने, 'धान जोन क्षेत्रमा सुरुवाती वर्ष उत्पादकत्व तीन दशमलव छ मेट्रिकटन प्रतिहेक्टर थियो। धान जोनका रुपमा पूर्बी चितवनको राप्ती, खैरहनी र रत्ननगर नगरपालिका विशेष रहेका छन्। ती पालिकाको राजमार्गभन्दा दक्षिण क्षेत्रको माटो परीक्षण गरिएको हो। माटो परीक्षणको नतिजा आउन केही समय लाग्छ।' रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१२:३९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend