सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

हल्दिबारीमा १५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण

images
बिहीबार , मंसिर २८ २०८०
images
images
हल्दिबारीमा १५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ। पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ। सबै ठाउँमा पुल पक्की बनिसकेका छन्।

images
images

झापा- झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ। झापाका अन्य पालिकामा भने काठे पुल यथावत् छन्।

images
images
images

गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनका अनुसार एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएका छन्। काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको छ। केही ठाउँमा झोलुंगे पुल पनि निर्माण गरिएका छन्।

images

झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए। ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए। 'अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको छ', अध्यक्ष लिङ्देनले भने। होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनियालगायत खोला छन्। अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि छ। पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ।

images
images
images

भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ। पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ। सबै ठाउँमा पुल पक्की बनिसकेका छन्।

हल्दिबारीको जनसङ्ख्या ४० हजार रहेको छ। पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए। पालिकाले विगत ६ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ। मुख्य सडक कालोपत्र गरिएका छन्। कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा संघीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएको छ। 

मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ। अधिकांश सडक परियोजना एक करोडदेखि छ करोडसम्मको लागतमा निर्माण भएका हुन्। सडकको नियमित मर्मतसम्भार गर्नका लागि पालिकाले वार्षिक दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए। रासस


प्रकाशित : बिहीबार , मंसिर २८ २०८०१०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend