आइतबार, वैशाख २३ गते २०८१    
images
images

उजय शाक्य ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित

images
images
images
उजय शाक्य ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित

ईसीआई फेस्टिभलमा उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए।

images
images

काठमाडौं- उजय शाक्य प्रतिष्ठित ईसीआई इनोभेटिभ मार्केटर अफ दि इयर २०२३ बाट सम्मानित भएका छन्। ७ डिसेम्बरमा ईसीआई फेस्टिभलले चीनको उसीमा आयोजना गरेको गाला इभेन्टमा शाक्य सम्मानित भएका हुन्।

images
images
images

दक्षिण एसियाको एक अभियन्ताको रुपमा आफ्नो परिचय बनाइसकेका शाक्यलाई यस क्षेत्रमा विज्ञापन र बजारीकरणका लागि उनले पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको हो। 

images

ईसीआई फेस्टिभलमा उनले डेटाद्वारा सञ्चालित संसारमा मानवीय भावनाको दिगो महत्वमाथि विशेष प्रकाश पारेका थिए। कार्यपद्धतिहरुको प्रभाव बढ्दै गएको संसारमा डेटाद्वारा सञ्चालित वृतान्तहरुको प्रतिध्वनिमा शाक्यको जोड विश्वव्यापी प्रभाव सिर्जना गर्ने उद्देश्य र मूल्य मान्यताहरुमा रहेको छ।

images

ईसीआई फेस्टिभलमा विश्वका १३ राष्ट्रहरुको प्रतिनिधिहरु भेला भएर ‘ग्लोबल सस्टेनेबल इनोभेसन सिभिलाइजेसन डेभलपमेन्ट इनिसिएटिभ’ विषयमाथि छलफल गरेका थिए। यसको उद्देश्य सभ्यताको भविष्यको सशक्तिकरणमा डिजिटलाइजेसनको प्रयोग गरेर दिगो विकास वातावरण प्रणालीको निर्माण गर्नु रहेको थियो।

images
images

उसी राष्ट्रिय हाइटेक औद्योगिक विकास क्षेत्र व्यवस्थापन कमिटी र इन्टरनेसनल इन्टप्रेनर्स, क्रियटिभ एण्ड इनोभेटर्स एसोसिएसन (आईईसीआईए) द्वारा संयुक्तरुपमा आयोजना गरिएको उक्त फेस्टिभल विश्वभरका नव प्रवर्तकहरुलाई एकै स्थानमा जमघट गराउनको लागि प्रख्यात छ।

ईसीआई फेस्टिभलले आफ्नो प्रभाव र पहुँचलाई विस्तार गर्दै भिन्न-भिन्न सहरहरुमा यस्तो भेला आयोजना गर्ने आफ्नो परम्परालाई निरन्तरता दिँदै आइरहेको छ। 

images

प्रकाशित : बुधबार, मंसिर २७ २०८००३:१५

प्रतिक्रिया दिनुहोस