सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

ऊर्जाको अध्ययन, उत्पादनदेखि व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न रास्वपालाई इप्पानको सुझाव

images
बुधबार, मंसिर २७ २०८०
images
images
ऊर्जाको अध्ययन, उत्पादनदेखि व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न रास्वपालाई इप्पानको सुझाव

अन्तरक्रियामा इप्पान अध्यक्ष गणेश कार्कीले विद्युत खरीदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएका ३ हजार ६ सय मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको भन्दै रास्वपाले यो विषयमा आवाज उठाउन पनि आग्रह गरे।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्माण गर्न लागेको ऊर्जा नीतिमा स्वतन्त्र ऊर्जा उत्पादकहरुले ऊर्जाको अध्ययन, उत्पादन, प्रसारण, व्यापार र वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्ने नीति लिन सुझाव दिएका छन्।

images
images
images

मंगलबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)मा आयोजित रास्वपा-इप्पान अन्तरक्रियामा इप्पानले ऊर्जा नीतिमा समेट्नुपर्ने विषयबारे रास्वापालाई सुझाव दिएको हो।

images

ऊर्जाको ऊर्जाको स्रोत, उपयोग, भण्डारण र व्यापारमा विविधिकरण गर्ने, ऊर्जालाई निर्यात योग्य वस्तुको रुपमा विकास गरी हरित ऊर्जा उत्पादनबापत प्राप्त हुने कार्बन फण्डका लागि अन्तर्राष्ट्रिय समुदायसँग पहल गर्नेसम्बन्धी सुझाव दिएको हो।

images
images
images

यस्तै इप्पानले निजी क्षेत्रको प्रवर्द्धनका लागि लगानीमैत्री, स्पष्ट, सरल, छोटो र पारदर्शी प्रक्रिया अवलम्बन गर्ने र स्वदेशी निजी क्षेत्रलाई प्राथमिकता दिई संरक्षण गर्दै विदेशी लगानीलाई आकर्षण गर्नेलगायतका सुझावहरु दिएको छ।

अन्तरक्रियामा इप्पान अध्यक्ष गणेश कार्कीले ऊर्जाको माध्यमबाट रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन, ग्रामीण पूर्वाधार र पर्यावरणमैत्री विकास गर्दै ऊर्जालाई नेपालको आर्थिक समृद्धिको प्रमुख संवाहक बनाउने गरी नीति निर्माण गर्न रास्वपालाई आग्रह गरे। अध्यक्ष कार्कीले विद्युत खरीदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएका ३ हजार ६ सय मेगावाट क्षमताका आयोजनाको वित्तीय व्यवस्थापन हुन नसकेको भन्दै रास्वपाले यो विषयमा आवाज उठाउन पनि आग्रह गरे।

नेपाली प्रवर्द्धकलाई सरकारले हरेक कुरामा थिचेको थिच्यै गरिरहेको भन्दै स्वदेशी निजी क्षेत्रको संरक्षणबिना विदेशी लगानी आकर्षित हुन नसक्ने कार्कीको भनाइ थियो।

जग्गा प्लटिङ गर्नेलाई हदबन्दी छुट दिने सरकारले ३०/३५ वर्षपछि सरकारकै सम्पत्ति हुने जलविद्युत आयोजनाको लागि किन हदबन्दी छुट दिन सक्दैन भन्ने प्रश्न गर्दै अध्यक्ष कार्कीले यो विषयमा पनि रास्वपाले आवाज उठाउनुपर्ने बताए।

इप्पान उपमहासचिव प्रकाश दुलालले विद्युत विधेयक, केही नेपाल ऐन, वन ऐन, वन्यजन्तु संरक्षण ऐनलगायतका दर्जनौँ ऐन/नियमहरु संसोधनको तयारी भइरहेकाले रास्वपाले मिसन ८४ भनेर सुतेर बस्ने हो भने जलविद्युत प्रवर्द्धकहरु २०८० मै सडकमा आउने बताए। उनले मिसन ८४ भनेर ४ वर्ष सुतेर नबसी यस्ता विषयमा निरन्तर खवरदारी गर्न पनि रास्वपालाई आग्रह गरे।

अन्तरक्रियामा रास्वपा उपसभापति एवं अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले विद्युत उत्पादनमा भाँजो हाल्ने सबै क्षेत्रलाई सुक्ष्मरुपले नियालिरहेको बताए। संघीय संसदका सदस्य समेत रहेका डा. वाग्लेले रास्वपा निजी क्षेत्रमैत्री राजनीतिक दल भएको उल्लेख गरे। उनले भने, 'निजी क्षेत्रप्रति यति धेरै उदार पार्टी न हिजो थियो, न भोलि हुनेछ। आत्म नियमनसहितको निजी क्षेत्र हामीले कल्पना गरेका छौँ।’ २०८४ मा बहुमत सहितको सरकार बनाउने र उत्पादनमा भाँजो हाल्ने ऐन नियमहरु एकैपटक संसोधन गरेर जाने वाग्लेको भनाइ थियो।

पूर्व शिक्षामन्त्री एवं रास्वपा सांसद शिशिर खनालले ऊर्जा खपतको वस्तुमात्रै नभएर रणनीतिक वस्तुसमेत भएकाले रास्वपाको ऊर्जा नीतिमा यसलाई त्यसैअनुसार सम्बोधन गरिने बताए।

रास्वपा ऊर्जा नीति कार्यदलका संयोजक ई. श्रीराम न्यौपानेले अरब देशहरु आफूसँग भएको प्राकृतिक स्रोत कच्चा तेल बेचेर धनी भएको उल्लेख गर्दै नेपालले पनि आफूसँग भएको जलस्रोत बेचेरै धनी हुनुपर्ने धारणा राखे।

अन्तरक्रियामा इप्पानले नेपालको ऊर्जालाई हरित ऊर्जाको रुपमा ब्राण्डिङ गरी हरित ऊर्जा उपयोग गर्ने उद्योगहरुको अन्तर्राष्ट्रिय गन्तव्यको रुपमा विकास गर्ने, अध्ययन, उत्पादन, प्रसारण, व्यापार र  वितरणमा निजी क्षेत्रको सहभागिता थप अभिवृद्धि गर्नेलगायतको सुझाव पनि रास्वपालाई दिएको छ।


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१४:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend