सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

ताप्लेजुङमा बढ्यो अलैँचीको मूल्य, प्रतिमन ६९ हजार पुग्यो

images
बुधबार, मंसिर २७ २०८०
images
images
ताप्लेजुङमा बढ्यो अलैँचीको मूल्य, प्रतिमन ६९ हजार पुग्यो
फाइल तस्बिर

गत आर्थिक वर्षको अन्तिम समयमा प्रतिमन ६० हजार रूपैयाँका दरले कारोबार भएको थियो। अहिले भने प्रतिमन ६९ हजार पुगेको छ।

images
images

ताप्लेजुङ- पहाडी क्षेत्रको मुख्य नगदेबालीका रुपमा लिइने अलैँचीको मूल्य बढेसँगै किसान हर्षित भएका छन्। गत वर्षको तुलनामा यस वर्ष अलैँचीको मूल्य बढेको छ।

images
images
images

ताप्लेजुङमा अहिले प्रतिमन (४० किलो) ६९ हजार रूपैयाँमा कारोबार भइरहेको अलैँची व्यवसायी बालमणि बरालले जानकारी दिए। उनका अनुसार यस वर्षको सबैभन्दा बढी गत सोमबार ७१ हजार रूपैयाँका दरले कारोबार भएको थियो। शुक्रबारदेखि अलैँचीको मूल्यमा उतारचढाव आइरहेको बरालको भनाइ थियो।

images

मूल्यमा वृद्धि भएसँगै अलैँची किसान खुसी भएका छन्। पछिल्ला केही वर्ष न्यून मूल्यमा कारोबार गर्दै आएका किसानले यस वर्ष तुलनात्मक रुपमा केही बढी मूल्य पाएपछि खुसी भएका हुन्।

images
images
images

'यस वर्ष उत्पादन केही घटे पनि मूल्य भने बढ्नाले किसानलाई राहत पुगेको छ', अलैँची किसान गणेश सिग्देलले भने, 'अलैँचीको मूल्यमा सधैँ एकरुपता हुनुपर्ने हो। ठूलो परिमाणमा मूल्य घटबढ भइरहँदा किसान अलमलमा पर्ने गरेका छन्।'

गत आर्थिक वर्षको अन्तिम समयमा प्रतिमन ६० हजार रूपैयाँका दरले कारोबार भएको थियो। यस वर्ष सिजनको सुरुवाती समयमा झन्डै त्यही हाराहारीमा कारोबार भएको थियो।

बर्खामा अत्यधिक पानी र हिउँदमा लामो समय खडेरी पर्नुका साथै रोगकीराका कारण अलैँची उत्पादन घटेको किसान रश्मी आचार्यले बताइन्। उनका अनुसार यहाँ उत्पादित अलैँची झापाको विर्तामोड हुँदै भारतीय बजारमा निर्यात हुने गरेको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१३:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend