सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

काठमाडौंमा २६४ वटा बस बिसौनी निर्माण गर्ने महानगरको तयारी

images
बुधबार, मंसिर २७ २०८०
images
images
काठमाडौंमा २६४ वटा बस बिसौनी निर्माण गर्ने महानगरको तयारी

यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रूपैयाँ छुट्याएर काम भइरहेको महानगरले जनाएको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले २ सय ६४ ठाउँमा बस बिसौनी निर्माण गर्ने भएको छ। यातायात प्रणालीको सुधारका लागि महानगरले थप बस बिसौनी निर्माणको योजना बनाएको हो।

images
images
images

यातायात प्रणालीको सुधारका लागि बसको रुट मिलाउने, पेलिकन क्रसिङ लाइट विस्तार गर्दै जाने, एकतर्फी सडकहरुको व्यवस्थापन गर्ने, मोटरसाइकल ग्यारेज सञ्चालनका लागि मापदण्ड बनाउने, सडकमा कोन र डिभाइडरको व्यवस्थापन गर्ने, पेट्रोल पम्प व्यवस्थापन गर्ने, सडक संकेत र चिह्न व्यवस्थापन गर्नेलगायत काम गर्ने तयारी गरेको छ।

images

यससँगै दैनिक उपभोग्य वस्तुको ढुवानी, मालवाहक सवारी, विद्यालयका बसहरुको समय निर्धारण गर्ने, पार्किङ व्यवस्थापन गर्ने, विद्यालयमा यातायात प्रणालीसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन हुने २९औँ महानगर दिवस २०८० का अवसरमा आज महानगरपालिकामा आयोजना गरिएको महानगरपालिका र ट्राफिक प्रहरीबीच समन्वय तथा सहकार्यसम्बन्धी अन्तरक्रियामा जानकारी गराइएको छ।

images
images
images

यस वर्ष यातायात क्षेत्रको सुधारका लागि ४४ करोड रूपैयाँ छुट्याएर काम भइरहेको महानगरले जनाएको छ।


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend