शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विगतमा जग्गा र सेयरमा अधिक पुँजी पार्किङ भएको हो, गल्ती सबैबाट भयो अब सुधारमा गयो - अर्थमन्त्री महत

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २७ २०८०
images
विगतमा जग्गा र सेयरमा अधिक पुँजी पार्किङ भएको हो, गल्ती सबैबाट भयो अब सुधारमा गयो - अर्थमन्त्री महत

घरजग्गा र सेयर बजारमा अधिक  स्रोतको परिचालन विगतमा भएको र पछि एक्कासी टाइट गर्दा त्यही पार्किङ भएर फ्रिज भएको उनको भनाइ छ। यो फ्रिज भएको स्रोत निकाल्ने काम अहिले भएको उनको भनाइ छ।

images
images

काठमाडौं-  घरजग्गा र सेयर बजार क्षेत्रमा जाने कर्जालाई खुकुलो बनाउनुपर्ने पक्षमा लाग्दै आएका अर्थमन्त्री डा प्रकाशशरण महतले यो सँधैका लागि नभएको प्रष्ट पारेका छन्। विगतका प्रशासनिक तथा नियामकीय कमजोरीका कारणले पार्किङ भएको पुँजीलाई बाहिर ल्याउनका लागि पटके पहलका रुपमा लिनुपर्ने बताएका छन्। 

images
images
images

अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले विगतमा राष्ट्र बैंकको अधिक लचिलो मौद्रिक नीति तथा लचिलो नीतिमा पाइएको कर्जाको गलत परिचालनका कारणले गर्दा सिर्जना भएको समस्याको बन्धक समग्र अर्थतन्त्र हुन नहुने बताएका हुन्। 

images
images

आफू अर्थमन्त्री भएर आएदेखि नै घर जग्गा र सेयर बजारमा पार्किङ भएको पुँजीलाई बाहिर निकाल्नका लागि लागिपरेको र अहिले आएर त्यो सबै भएको बताएका छन्। गत हप्ता राष्ट्र बैंकले मौद्रिक नीतिमा खुकुलो पार्दै घर जग‍्गा र सेयर बजारमा जाने कर्जालाई खुकुलो बनाइदिएको थियो। यो नीतिगत लचिलोपन आफ्नै निरन्तरको दबाब र पहलमा भएको उनको भनाइ छ। 

images
images

‘म आएदेखि नै राष्ट्र बैंक लगायतका निकायसँग निरन्तर अन्तरक्रिया गरे। विगतमा भएको गल्तीको सजाय मुलुकले दिर्घकालमा भोग्न नहुनेमा धेरै प्रष्ट छु म त्यही भएर अहिले लगभग सबै मिलेको छ’ उनले भने। 

घरजग्गा र सेयर बजारमा अधिक  स्रोतको परिचालन विगतमा भएको र पछि एक्कासी टाइट गर्दा त्यही पार्किङ भएर फ्रिज भएको उनको भनाइ छ। यो फ्रिज भएको स्रोत निकाल्ने काम अहिले भएको उनको भनाइ छ। 

‘लचिलो नीति भयो त्यही कारणले सबैले ऋण लिए र त्यो जग्गा र सेयर बजारमा गयो। त्यसपछि प्रत्येक पटक खरिद गर्ने मान्छेले नाफा हुनैपर्ने सोच्न थाले। यो दीगो हुँदैन र भएन पनि एक्कासी राष्ट्र बैंकले कसिलो नीति लियो त्यसैले त्यहाँ पुँजी फ्रिज भयो’ महतले भने। 

विगतमा ऋण लिनेलाईमात्र दोष दिएर पन्छिन नमिल्ने उनको भनाइ छ। नीति ल्याउने, लिने र दिने सबैको दोष उत्तिकै भएकाले बसैजना करेक्सन हुनुपर्ने आवश्यकतामा आफू पहिलो दिनदेखि अडिग रहेको उनको भनाइ छ। अहिले राष्ट्र बैंकले करेक्सन गरेको र अरु पनि सबै करेक्सन भएपछि अवस्था सुविधाजनक हुने उनको भनाइ छ। 


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१२:५८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend