सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा लगाइयो प्रतिबन्ध

images
बुधबार, मंसिर २७ २०८०
images
images
काठमाडौं महानगरभित्र सुर्तीजन्य पदार्थ बिक्रीमा लगाइयो प्रतिबन्ध

सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानूनी कारबाही हुनेछ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ बिक्रीमा प्रतिबन्ध लगाएको छ।

images
images
images

महानगरले खैनी, गुट्खा, पानपरागजस्ता सुर्तीजन्य पदार्थको बिक्रीका साथै सार्वजनिकस्थलमा धूमपानमा प्रतिबन्ध लगाएको महानगरको स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए।

images

उनले सुर्तीजन्य पदार्थको बिक्री गरेको पाइएमा महानगर प्रहरीले ती पदार्थ जफत गरी सम्बन्धित बिक्रेतालाई कानूनी कारबाही गरिने बताए। यसअघि महानगरले आजदेखि लागु हुनेगरी सुर्तीजन्य पदार्थको बिक्री तथा धूमपानमाथि प्रतिबन्ध लगाइएको सार्वजनिक सूचना जारी गरेको थियो।

images
images
images

काठमाडौं महानगर जनस्वास्थ्य ऐन, २०८० को दफा ४२ मा सुर्ती तथा मदिराजन्य पदार्थ विक्री वितरणमा रोक लगाउन सक्ने, निषेध र बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री वितरण गराउन नपाइने, सार्वजनिकस्थलको चारकिल्ला तोकी उक्तस्थल वरपर सुर्तीजन्य र पत्रुखानेकुरा बिक्रीमा निषेध गर्न सक्ने कानूनी व्यवस्था छ। रासस


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend