सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

images
बुधबार, मंसिर २७ २०८०
images
images
जाजरकोट भूकम्पका लाभग्राही ५९ हजार कायम

भूकम्प प्रभावित पाँच जिल्लामा हालसम्म एक अर्ब ४१ करोड रकम निकासा भइसकेको छ।

images
images

काठमाडौं- जाजरकोट भूकम्पमा लाभग्राही ५९ हजार एक सय ६२ कायम गरिएका छन्। भूकम्पबाट प्रभावित पाँच जिल्लाका स्थानीय तहले सो सङ्ख्यामा लाभग्राही कायम गरेका हुन्।

images
images
images

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार सुरुवातमा २८ हजार लाभग्राही कायम गरिएका थिए। उनका अनुसार दोस्रोपटक चार हजार लाभग्राही थपिएका थिए।

images

भूकम्प प्रभावितलाई अस्थायी आवास निर्माण गर्न नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको निर्णयबमोजिम विपद् व्यवस्थापन कोषबाट प्रभावित पाँच जिल्ला (जाजरकोट, रुकुमपश्चिम, बझाङ, बाजुरा र सल्यान) मा एक अर्ब ४१ करोड रूपैयाँ रकम निकासा भइसकेको प्रवक्ता खड्काले बताए।

images
images
images

जिल्लामा भूकम्पपीडितले सबै रकम अझै प्राप्त गर्न सकेका भने छैनन्। निकासा रकममध्ये आजसम्म एक अर्ब चार करोड आठ लाख २५ हजार रूपैयाँ स्थानीय तहको खातामा पुगिसकेको उनले बताए। स्थानीय तहले कायम गरेका लाभग्राहीमध्ये १० हजार एक सय ५३ लाभग्राहीले अस्थायी आवास निर्माण गर्ने सम्झौता गरेका छन्। सम्झौता गरेका ती लाग्राहीलाई स्थानीय तहले २४ करोड ६२ लाख ७५ हजार रूपैयाँ उपलब्ध गराएको प्रवक्ता खड्काले बताए।

रकम प्राप्त गर्ने लाभग्राहीमध्ये रुकुम पश्चिममा दुई हजार चार सय २३ र सल्यानमा ४० गरी दुई हजार चार सय ६३ परिवार आफ्नै नवनिर्मित अस्थायी आवासमा बस्न थालेका छन्। पालिकामा कायम भएका लाभग्राहीमध्ये सम्झौता गर्न बाँकीलाई प्रथम किस्ता तथा सबैलाई दोस्रो किस्ताबापत लाग्ने रकम दुई अर्ब ६० करोड ५० लाख रूपैयाँ थप निकासा गरिदिन सम्बन्धित जिल्लाबाट माग आएको प्रवक्ता खड्काले बताए।

यसरी माग भइआएको रकम निकासाका लागि अर्थ मन्त्रालयमा गृह मन्त्रालयले पत्राचार गरिसकेको छ। यसरी निकासाको प्रक्रियामा रहेको रकम विपद् व्यवस्थापन कोषमा प्राप्त हुनासाथ कायम भएका लाभग्राहीको सङ्ख्याको आधारमा सम्बन्धित जिल्लामार्फत स्थानीय तहमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उपलब्ध गराउने जानकारी गराएको छ। रासस


प्रकाशित : बुधबार, मंसिर २७ २०८०१०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend