शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

फिस्लिङ-तोक्दाङ ९ किलोमिटर सडकमा ९ करोड खर्चेर स्तरोन्नति तर अझै उस्तै

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, मंसिर २६ २०८०
images
images
फिस्लिङ-तोक्दाङ ९ किलोमिटर सडकमा ९ करोड खर्चेर स्तरोन्नति तर अझै उस्तै

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त नौ किलोमिटर सडकको स्तरोन्नतिको काम भएका थिए। ग्राभेल, पर्खाल, नाला निर्माणलगायतका काम पनि ती भत्किएका छन्।

images
images

चितवन- पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-३ फिस्लिङबाट इच्छाकामना मन्दिरसम्म सडकको नयाँ ट्रयाक खन्ने काम विसं २०६५ मा सम्पन्न भयो। तत्कालीन दारेचोक गाउँ विकास समितिबाट ५० हजार रुपैयाँ बजेट विनियोजन गरी सडकको नयाँ ट्रयाक फिस्लिङबाट खन्ने काम सुरु गरिएको थियो।

images
images

उक्त ५० हजारबाट सडकको ट्याक खन्न सम्भव थिएन। स्थानीयले चन्दा उठाएर ट्रयाक खन्ने काम सम्पन्न गरे। सो ट्रयाक खन्ने काममा मनकामना दर्शन प्रालिले पनि साथ दियो। स्थानीय लोकबहादुर गुरुङका अनुसार मनकामना दर्शन प्रालिले सडक खन्ने एउटा मेसिन उपलब्ध गराएको थियो। उनका अनुसार उक्त ट्रयाक खोल्न ४६ लाख रुपैयाँ खर्च भएको थियो। 

images
images

१५ वर्षअघि ट्रयाक खनेर गाडी गुड्न थालेको यस ग्रामीण सडकमा यात्रा भने सधैँ जोखिपूर्ण रहेको छ। हिउँदमा केही सहज भए पनि भरपर्दो नाली, पर्खाल नहुँदा वर्षायाममा निकै जोखिम रहेको र नियमित सवारीसाधन जान सक्ने अवस्था नहुने उनको भनाइ छ। 

images
images

स्थानीय गुरुङले भने, 'सडक निर्माण गरेको १५ वर्ष भयो, सडक स्तरोन्नति नहुँदा जोखिम यात्रा गर्न बाध्य छौँ, हिउँदमा केही सहज भए पनि बर्खामा भने नियमित सवारी नै चल्न सक्ने अवस्था रहँदैन।'

उनका अनुसार यस भेगमा वर्षायाममा उत्पादन हुने तरकारी बजारसम्म लैजान समस्या छ। इच्छाकामनाको तोक्दाङ, माझगाउँलगायतका गाउँ सुन्तला र तरकारी खेतीका लागि उर्वर भूमि मानिन्छ। यस भेगका स्थानीयको मुख्य अम्दानीको स्रोत सुन्तला र तरकारी खेती हो। गाउँपालिकाले माँझगाउँलाई सुन्तलाको पकेट क्षेत्र घोषणा गरेको छ। सडक सहज नहुँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन्। 

९ करोड खर्चिए पनि सडक उस्तै

उक्त सडकखण्डअन्तर्गत फिस्लिङबाट तोक्दाङसम्म नौ किलोमिटर विसं २०७४ मा ९ करोड रुपैयाँ खर्चिएर स्तरोन्नति गरिए पनि एक वर्ष पनि टिक्न सकेन। वर्ष दिन नपुग्दै सडक पुरानै अवस्थामा आएको स्थानीयको भनाइ छ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाअन्तर्गत उक्त नौ किलोमिटर सडकको स्तरोन्नतिको काम भएका थिए। ग्राभेल, पर्खाल, नाला निर्माणलगायतका काम पनि ती भत्किएका छन्। 

धार्मिक पर्यटकीयस्थल इच्छाकामना मन्दिर जाने यस मुख्य ग्रामीण सडकको स्तरोन्नतिका लागि प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले यस सडक स्तरोन्नतिका लागि गाउँपालिकाले पहल गरिरहेको जानकारी दिए।

तत्काल गाउँपालिकाको बजेटबाट एक किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको र बढी जोखिम रहेको स्थानमा ढलान गरिने बताए।

अध्यक्ष गुरुङले भने, 'इच्छाकामना मन्दिर जाने यस सडकलाई हामीले प्राथमिकतामा राखेका छौँ, कालोपत्रक लागि केन्द्र र प्रदेशमा पहल गरेका छौँ, तत्काल गाउँपालिकाको बजेटले एक किलोमिटर कालोपत्र गर्ने काम भइरहेको छ भने अप्ठ्यारा खण्डमा ढलान गर्ने छौँ', फिस्लिङ-शक्तिखोर ग्रामीण सडक आयोजनाभित्र पर्ने यस सडक कालोपत्रका लागि छुट्याएको बजेटसमेत आर्थिक अभाव रहेको जनाउँदै अर्थ मन्त्रालयले रोकेको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, मंसिर २६ २०८०१०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend