सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

समयमा काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा

images
सोमबार, मंसिर २५ २०८०
images
images
समयमा काम नगर्ने १२ निर्माण कम्पनी कालोसूचीमा

नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

images
images

काठमाडौं- सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले समयमा काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। ठेक्का लगाउने सार्वजनिक निकायले कालोसूचीमा राख्न गरेको सिफारिसअनुसार खरिद कार्यालयले गोलबजार-सिराहा ठेगाना रहेको आदर्श कन्स्ट्रक्सन कम्पनीलाई तीन वर्ष कालोसूचीमा राखेको हो।

images
images
images

त्यस्तै पोखरा महानगरपालिका-८ कास्कीको त्रिवेणी निर्माण सेवालाई दुई वर्षका लागि कालोसूचीमा राखेको छ। नेपालगञ्जको गंगोत्री देवी निर्माण सेवालाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

images

पाँचथरको कमल कन्स्ट्रक्सन, बाँकेको अनामिका कन्स्ट्रक्सन, बाँकेकै भावेश कन्स्ट्रक्सन, काठमाडौं, टेकुको ऊर्जा-कृशभ मस्ट जेभीलाई डेढ/डेढ वर्ष कालोसूचीमा राखेको हो। 

images
images
images

कार्यालयले मंसिर २४ गतेको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ बमोजिम सार्वजनिक सूचना जारी गरी कालोसूचीमा राखेको हो। 

12 kalo.PNG


प्रकाशित : सोमबार, मंसिर २५ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend