सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, मंसिर २४ २०८०
images
images
अर्बौँ विदेशी मुद्रा भित्र्याउने चिया व्यवसाय संकटमा

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए।

images
images

झापा- अलैँचीपछि सबैभन्दा बढी विदेशी मुद्रा स्वदेश भित्र्याउने चिया व्यवसाय संकटमा परेको सरोकारवालाले बताएका छन्।

images
images
images

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०/८१ मा दोब्बर विदेशी मुद्रा भित्र्याउने अनुमान गरिरहेको अवस्था सरोकारवालाले चिया क्षेत्रमा गम्भीर संकट निम्तिएको बताएका हुन्।

images

बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद भट्टराईले चालु आर्थिक वर्षमा नेपालबाट अर्थोडक्स र सिटीसी चिया निर्यातबाट करिब आठ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा भित्रिने आकलन गरेको बताए। उनले भने, 'सरकारले समयमै चियालाई चाहिने मलसहितका कार्यक्रम उपलब्ध गराएको छ। यसले उत्पादन पनि बढ्ने अनुमान छ। उत्पादन बढेसँगै निर्यात बढी स्वतः भइहाल्छ।'

images
images
images

चिया क्षेत्रका विद्यमान समस्या समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्ने र सरोकारवालाले उठाएका सबैखाले समस्याको उचित सम्बोधन गर्दै राज्य पक्षलाई समेत समस्याको जानकारी गराउने उनले बताए। गत वर्ष चिया निर्यातबाट मात्र नेपालमा तीन अर्ब ८० करोड रुपैयाँ भित्रिएको बोर्डको तथ्यांकमा उल्लेख छ।

चिया किसान हर्क तामाङले बोर्डले गरेजस्तो आकलनले काम नगर्ने बताए। उनले बोर्डले कोठामा बसेर तथ्यांक तयार गर्ने, किसानका बगानसम्म पुगेर मूल्यांकन नगर्ने हुँदा यस्तो लक्ष्य लिनु स्वभाविक भएको बताए। 'बोर्ड अलैँचीपछि विदेशी मुद्रा ल्याउने चिया भन्छ', उनले भने, 'तर यही अवस्था रहने हो पाँच वर्षपछि चियाको बुट्टा भेट्न पनि गाह्रो होलाजस्तो छ।'

सरकारले चियालाई कृषिको रूपमा सूचीकृत नगरेर उद्योगसरह विद्युतीय महसुल लगाउँदा सिँचाइमा समस्या, अक्सन बजारको अभावले अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन नसक्नु मुख्य कारण रहेको उनको भनाइ छ।

अखिल नेपाल ट्रेड युनियन केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाले चिया विकासको निम्ति बोर्डले अहिलेसम्म केही काम गर्न नसकेको आरोप लगाए। उनले उद्योगी, व्यवसायी, किसान, मजदुर कसैको समस्या समाधानमा बोर्डले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको बताए। 

नेपाल चिया बगान श्रमिक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङले चिया क्षेत्रको समस्या समाधानमा राज्य उदासिन देखिएको आरोप लगाए। उनले हालसम्म श्रम ऐनअन्तर्गतको कतिपय बगानका श्रमिकले ज्यालासमेत नपाइरहँदा बोर्डले समेत कानून कार्यान्वयनमा समन्वय नगरेको गुनासो गरे। 

नेपालमा २० हजार दुई सय ३७ हेक्टरमा चियाखेती लगाइएको बोर्डले जनाएको छ। त्यसमध्ये ९९ प्रतिशत उत्पादन कोशी प्रदेशमा भइरहेको छ। सत्तरी हजार नागरिकले रोजगारी पाइरहेको चियाका ३० वटा अर्थोडक्स र ३८ वटा सिटीसीका उद्योग सञ्चालित छन्। नेपाली चियाको मुख्य बजार भारत, चीन, श्रीलंका, रसिया, नेदरल्याण्डलगायतका राष्ट्रमा रहेको बोर्डको तथ्यांकले देखाएको छ। रासस


प्रकाशित : आइतबार, मंसिर २४ २०८०१०:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend