सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

सडक स्तरोन्नति नहुँदा सास्ती

images
शनिबार, मंसिर २३ २०८०
images
images
सडक स्तरोन्नति नहुँदा सास्ती

कुमसोत कटेपछि पोखरीसम्म करिब सात किलोमिटर सडक अत्यन्तै जीर्ण छ। हुप्सेकोट गाउँपालिकाको पाङ्ग्रेमा पहिरो गइरहन्छ।

images
images

नवलपुर- नवलपरासी (बर्दघाट-सुस्तापूर्व)का बासिन्दा प्रदेश राजधानी पोखरा चितवन, पश्चिम नवलपरासी, रुपन्देही र पाल्पा हुँदै जानुपर्ने अवस्था छ। सदरमुकाम कावासोतीलाई प्रदेश सदरमुकामसम्म जोड्ने सडक स्तरोन्नति नहुँदा सास्ती खेप्नुपरेको छ।

images
images
images

पूर्वपश्चिम राजमार्गको दलदलेबाट एक सय २५ किलोमिटरको यात्रा गरेर पोखरा पुग्न सकिने भए पनि सडक स्तरोन्नति नहुँदा समस्या भएको छ। 'पूर्वपश्चिम राजमार्गसँग जोडिएको देवचुली नगरपालिका-१३ दलदलेबाट कुमसोत, पोखरी, कोखे, डेढगाउँ हुँदै तनहुँको मानपुर, भिमाद भएर पोखरा जाने छोटो सडकको ट्र्याक खुलेको छ', देवचुली नगरपालिका-१२ गैँडीका शेरबहादुर पौडेलले भने, 'सडकको स्तरोन्नति नहुँदा यात्रा सहज छैन।'

images

कुमसोत कटेपछि पोखरीसम्म करिब सात किलोमिटर सडक अत्यन्तै जीर्ण छ। हुप्सेकोट गाउँपालिकाको पाङ्ग्रेमा पहिरो गइरहन्छ। 'करिब तीन दशक अगाडि यो ट्र्याक खुलेको हो। अहिलेसम्म स्तरोन्नति गरिएको छैन', उनले भने। बौदीकाली गाउँपालिकाको पोखरीबाट कोखेसम्म सडक स्तरोन्नति गरिएको छ। पाङ्ग्रेमा बर्खामा सधैँ पहिरो खस्ने गरेको उनले बताए।

images
images
images

दलदले-धौवादी सडकखण्ड (देवचुली खण्ड)का सडक निर्माण समितिका अध्यक्ष रामप्रसाद मरासेनीले सडक निर्माण भएको लामो समय हुँदासमेत स्तरोन्नति हुन नसक्नु दुःखद विषय भएको बताए। 'हामीले प्रत्येक मुख्यमन्त्रीलाई सडकको अवस्थाबारे जानकारी गराए पनि आश्वासन मात्रै पाउने गरेका छौँ', उनले भने।

सडक स्तरोन्नति गरिए नवलपुरको व्यापार, पर्यटनलगायतका लागि सहज हुन्छ। पहाडी क्षेत्रमा उत्पादन भएका फलफूल तथा कृषिजन्य सामग्री सहजरुपमा बजार लैजान सकिने स्थानीय बताउँछन्। विसं २०४५ मा उक्त सडकको ट्र्याक खोल्ने काम गरिएको थियो। रासस


प्रकाशित : शनिबार, मंसिर २३ २०८०१६:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend