सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

१४ वर्षदेखि निर्माणाधीन शान्तिपार्क अझै बनेन, बनिसकेका संरचना पनि भत्किदै

images
शनिबार, मंसिर २३ २०८०
images
images
१४ वर्षदेखि निर्माणाधीन शान्तिपार्क अझै बनेन, बनिसकेका संरचना पनि भत्किदै

स्थानीय सरकारको निर्वाचन भएसँगै केन्द्र सरकारले बजेट दिन छाडेपछि पार्क निर्माणको काम अलपत्र परेको हो। आव २०६६ मा निर्माण सुरु भएको यस पार्कमा सुरु २०७४ सालसम्म दुई करोड ५० लाख रूपैयाँ खर्च भइसकेको छ।

images
images

रामेछाप- दोरम्बा शैलुङ गाउँपालिका-२ दोरम्बामा १४ वर्षअघिदेखि निर्माणाधीन शान्तिपार्क निर्माणकार्य सम्पन्न नहुँदा अलपत्र परेको छ। विसं २०६६ देखि यो पार्क निर्माणका नाममा नेपाल सरकारबाट दुई करोड ५० लाख रूपैयाँ बजेट खर्च भइसकेको भए पनि यो योजना सम्पन्न हुन सकेको छैन। योजना सम्पन्न नभएपछि सबै निर्माणाधीन संरचना अलपत्र अवस्थामा छन्।

images
images
images

निर्माणका लागि प्रयोग भएका फलामे समान हराउन र चोरी हुन थालेका छन् भने बालुवा र सिमेन्टमार्फत बनेका संरचना भत्किसकेका छन्। दोरम्बा-२ दोरम्बा बजार नजिक सल्लेनी वनमा निर्माणाधीन उक्त शान्तिपार्कका लागि क्रमागत बजेट आउने आशामा विनियोजित बजेटभन्दा बढीको लागत अनुमान गरेपछि निर्माण कार्य सम्पन्न नभई अलपत्र परेको हो।

images

तत्कालीन शान्ति तथा पुनःनिर्माण मान्त्रालयमार्फत तीन करोड रूपैयाँको लागतमा क्रमागत योजनाअन्तर्गत शान्तिपार्क निर्माणको योजना अघि सारिएको थियो। आव २०६६ मा सुरु भई २०७४ सालसम्म दुई करोड ५० लाख रूपैयाँ खर्च भइसकेको छ भने २०७४ सालयता पार्कको काम अलपत्र परेको छ।

images
images
images

विसं २०६० साउन ३२ गते तत्कालीन सरकार र विद्रोही पक्ष वार्ता चलिरहेका बेलामा यस ठाउँ (दोरम्बा) मा तत्कालीन शाही नेपाली सेनाले नेकपा (माओवादी)का २१ जना कार्यकर्ता बैठक बसिरहेका ठाउँमा घेरा हाली पक्रेर सामूहिक हत्या गरेपछि त्रसित भएका स्थानीयलाई उक्त पार्कमा गएर मन भुलाउन सहज होस् भन्ने उद्देश्यले सरकारले शान्तिपार्क निमार्णको काम अघि बढाएको स्थानीय प्रकाशचन्द्र मोक्तानले बताए।

शान्तिपार्कमा प्रतिक्षालय भवन, शौचालय, सिँढी, घेराबारलगायत संरचना निर्माण गरिने र पार्कभित्रै चक्रपथसमेत निर्माण गरिने लागत अनुमानमा उल्लेख छ। हाल पार्कमा प्रतिक्षालय, सिँढी, शौचालय निर्माण भएका छन्। शौचालयमा झ्याल ढोका राख्न बाँकी नै छ भने पार्कमा लगाइएको घेराबार भत्किसकेको छ।

स्थानीय सरकारको निर्वाचन भएसँगै केन्द्र सरकारले बजेट दिन छाडेपछि पार्क निर्माणको काम अलपत्र परेको हो। स्थानीय सरकार गठन भएपछि सरकारले पार्क निर्माणको बाँकी कामको जिम्मा स्थानीय सरकारलाई दिए पनि पालिकाले बेवास्ता गर्दा पार्क निर्माणको काम अलपत्र परेको स्थानीय मीनबहादुर तामाङ बताउँछन्।

अलपत्र रहेको पार्क निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेर निर्माण कार्यलाई पूर्णता दिने योजना गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले बताए पनि पहिलो पटक स्थानीय तहको निर्वाचन भएको २०७४ सालदेखि हालसम्म उक्त योजनाका लागि कुनै किसिमको बजेट विनियोजन भएको छैन।

यस्ता पार्कले आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षण गरी आयआर्जन गर्न सकिने भएकाले सम्बन्धित निकायको ध्यान पुगरे तत्काल निर्माण सम्पन्न भई पार्क सञ्चालन हुनसके पर्यटक भित्र्याउन सकिने स्थानीय मिलन घिसिङले बताए। रासस


प्रकाशित : शनिबार, मंसिर २३ २०८०१५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend