सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

नेपालका मुद्दामा चर्चा र प्राथमिकता, कोप २८ उपलब्धिमूलक : वातावरणमन्त्री महतो

images
शनिबार, मंसिर २३ २०८०
images
images
नेपालका मुद्दामा चर्चा र प्राथमिकता, कोप २८ उपलब्धिमूलक : वातावरणमन्त्री महतो

सम्मेलनमा नेपालका सबै प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उनले बताए।

images
images

यूएई- वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप-२८) नेपालका लागि उपलब्धिमूलक भएको बताएका छन्।

images
images
images

युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना भएको सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा उनले यसपटकको सम्मेलनमा नेपालका मुद्दाबारे चर्चा हुनुका साथै प्राथमिकता पाएको उल्लेख गरे।

images

कोप-२८ मा सहभागी भएर मन्त्री डा महतो आज स्वदेश फर्किएका छन्। उनले सम्मेलनमा नेपालको सरकारी तथा गैरसरकारी प्रतिनिधिको एकै स्वर रहेको र यसपटक नेपालले आफ्ना मुद्दा जोडदाररूपमा उठाएको उल्लेख गरे। 'यसपटक हामी वानडोर विन्डोज सिस्टमबाट प्रस्तुत भएका थियौँ। यसको परिणाम हाम्रा आवाज प्रभावकारी भएका छन्', उनले भने।

images
images
images

यूएईको दुबईमा यही मङ्सिर १४ गतेदेखि सुरु भएको उक्त सम्मेलन मङ्सिर २६ गतेसम्म चल्नेछ। यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका मुद्दाबारे चर्चा मात्र भएन यसले प्राथमिकतासमेत पाएको छ। मन्त्री डा महतोले कोप-२८ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल भ्रमण गरेको र नेपाललाई उच्च प्राथमिकतामा राखेकाले पनि यसपटक सम्मेलनमा नेपालका मुद्दाले विश्व मञ्चमा चर्चा भएको बताए।

यसपटकको सम्मेलनमा नेपालको आफ्नै पेभिलियन भएकाले जलवायु परिवर्तनका बारेमा प्रभावकारीरूपमा छलफल तथा अन्तरक्रिया गरिएको मन्त्री डा महतोले जानकारी दिए। उनले डिसेम्बर ३ मा एसियाली विकास बैंकद्वारा आयोजित मन्त्रिस्तरीय कार्यक्रमलाई सम्बोधन गरेका थिए। यस्तै डिसेम्बर ३ मा नै बैंकद्वारा ‘लञ्चिङ मेलम्ची डिजास्टर ड्यामेज एसेसमेन्ट रिपोर्ट’ कार्यक्रमलाई पनि मन्त्री डा महतोले सम्बोधन गरेका थिए।

यस्तै डिसेम्बर ५ मा भने मन्त्री डा महतोले ‘नेपाल्स मिटिगेशन इफोट्र्स : रोड टु नेट जिरो’ कार्यक्रममा र ‘स्केलिङ अप इन्भेष्टमेन्ट इन एड्यप्टेशन द्याट लिभ्स नो वन बिहाइण्ड’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सम्बोधन गरेका थिए।

डिसेम्बर ६ मा उनले ‘बिल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल, नेचर, एण्ड एक्सन कार्यक्रम र लोकल्ली लेड एड्यप्टेशन प्राक्टिस इन नेपाल’ कार्यक्रममा सम्बोधन गरेका थिए। कोप-२८ नेपाल पेभेलियनमा डिसेम्बर ३ देखि ८ तारिखसम्म २५ वटा विभिन्न साइड इभेन्ट्स सञ्चालन भएका थिए। आगामी दिनमा यही पेभेलियनमा अन्य १४ भन्दा बढी साइड इभेन्ट्स हुने मन्त्री डा महतोले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, मंसिर २३ २०८०१४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend