आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

फुङ्लिङमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

images
शनिबार, मंसिर २३ २०८०
images
फुङ्लिङमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति

फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा आज बिहानै एउटा घरमा आगो लाग्दा घर जलेर नष्ट भएको छ भने पाँच लाख रूपैयाँ बराबरको क्षति भएको छ। 

images
images
images

सदरमुकाम बजार नजिक फुङ्लिङ नगरपालिका-५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले जानकारी दिए।

images
images

फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको सक्रियतामा आगो निभाइएको छ। रासस

images
images


प्रकाशित : शनिबार, मंसिर २३ २०८०११:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend