सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन

images
शनिबार, मंसिर २३ २०८०
images
images
पर्यटन विकासका लागि गुरुयोजना तयार गर्न निर्देशन

पर्यटन, वन तथा वातावरणमन्त्रीउप्रेतीले कर्मचारीलाई प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवर्द्धनका कार्य योजना तयार गर्न निर्देशन दिए।

images
images

विराटनगर- कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय मातहतका निकायले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधिको प्रगति समीक्षा कार्यक्रम आज यहाँ सम्पन्न भएको छ।
  
प्रदेश वन निर्देशनालय, धरानद्वारा आयोजित सो कार्यक्रममा मन्त्रालयअन्तर्गतका वन निर्देशनालय, पर्यटन विकास आयोजना, जलाधार व्यवस्थापन कार्यालय धनकुटा र ओखलढुंगा, पर्यटन कार्यालय धरान र काँकडभिट्टा, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, प्रदेशका १५ वटा डिभिजन वन कार्यालय तथा संघीय सरकारअन्तर्गतका वन बीउ प्रयोगशाला तथा भण्डारण केन्द्र, चुरे उत्थानशील आयोजनाले आ-आफ्नै कार्यपत्र प्रस्तुत गरेका थिए।

images
images
images

पर्यटन, वन तथा वातावरणमन्त्री गणेशप्रसाद उप्रेतीले कर्मचारीलाई आफ्नो क्षमता तथा दक्षता वृद्धि गरी सिर्जनशीलका साथ आफ्नो जिम्मेवारी सम्पन्न गर्न, वित्तीय अनुशानस कायम गर्न, प्राकृतिक स्रोतको संरक्षण गर्न र पर्यटन प्रवर्द्धनका कार्य योजना तयार गर्न निर्देशन दिए।

images

मन्त्रालयका सचिव विशाल घिमिरेले समग्र पर्यटन, वन, वातावरण, भू-संरक्षण, जैविक विविधता संरक्षण, मानव वन्यजन्तु द्वन्द्वबारे मन्तव्य गर्दै चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रमलाई, बेरुजु नहुने गरी पारदर्शिताका साथ सम्पन्न गर्न सबै मातहतका कार्यालयलाई निर्देश दिए। उनले कर्मचारीको न्यायोचित व्यवस्थापन गरी मौजुदा जनशक्तिबाट उच्चतम प्रतिफल आउने गरी काम गर्न आग्रह गरे। रासस

images
images
images


प्रकाशित : शनिबार, मंसिर २३ २०८०१०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend