आइतबार, जेठ ४ गते २०८२    
आइतबार, जेठ ४ २०८२
images
images

स्कार्पियोको गियर बक्समा लुकाएको दुई किलो सुनसहित नागढुंगाबाट तीनजना पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २२ २०८०
images
स्कार्पियोको गियर बक्समा लुकाएको दुई किलो सुनसहित नागढुंगाबाट तीनजना पक्राउ

पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नगाढुंगाबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको हो।

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले आज काठमाडौंको नगाढुंगाबाट दुई किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ।

images
images
images

पक्राउ पर्नेमा रसुवा गोसाइँकुण्ड गाउँपालिका घर भएका २६ वर्षीय विरु तामाङ, २८ वर्षीय ग्याल्सेङ तामाङ र २१ वर्षीय सुनिल भुजेल रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले राससलाई जानकारी दिए।

images
images

उनका अनुसार पिकअप स्कार्पियोको गियर बक्समा लुकाएर ल्याइएको उक्त सुन प्रहरी टोलीले नगाढुंगाबाट बरामद गरी तीन जनालाई पक्राउ गरिएको हो। 

images
images

सुन रसुवा नाकाबाट भित्र्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताए।


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१६:३३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend