शुक्रबार, असार २७ गते २०८२    
शुक्रबार, असार २७ २०८२
images
images

विमानस्थलबाट १४ किलो सुन समातिएको विषयमा छानबीन गर्न समिति

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २२ २०८०
images
images
विमानस्थलबाट १४ किलो सुन समातिएको विषयमा छानबीन गर्न समिति

दुबईबाट आएका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको हो।

images
images

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गएराति बरामद गरिएको करिब १४ किलो सुन छानबीन गर्न भन्सार विभागले ६ सदस्यीय छानबिन समिति गठन गरेको छ।

images
images

त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको नेतृत्वमा उक्त समिति गठन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले जानकारी दिए।

images
images

प्रमुख भन्सार प्रशासक पाण्डेका अनुसार उक्त समितिमा प्रहरी नायब उपरीक्षक प्रकाश सुवेदी, भन्सार अधिकृत डिल्लुप्रसाद शर्मा, भन्सार अधिकृत प्रकाश निरौला, शाखा अधिकृत मञ्जु थापा र भन्सार अधिकृत लोकराज ढुङगाना समेत रहेका छन्।

images
images
images

फ्लाई दुबईको उडान नम्बर एफजेड-५७३ बाट गएराति ११ः४० बजे काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाई विशेष सुराकीका आधारमा करिब १४ किलो परिमाणको सुनसहित भन्सार विभागको टोलीले पक्राउ गरेको थियो। चन्द्र घले र उक्त कार्यमा संलग्न गोरखा बारपाकका मीनबहादुर घलेलाई समेत प्रहरीले पक्राउ गरेको छ।


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend