आइतबार, भदौ २३ गते २०८१    
images
images

प्याज निर्यातमा भारतले लगायो रोक

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, मंसिर २२ २०८०
images
images
प्याज निर्यातमा भारतले लगायो रोक

यद्यपि सरकारले निर्णय गरेर कुनै निश्चित देशलाई खोल्नसक्ने छ। भारतले आन्तरिक उत्पादनमा वृद्धि नभएपछि प्याजको निर्यातलाई निरुत्साहित गर्दै आएको   थियो।

images
images

काठमाडौं- भारत सरकारले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको छ। 

images
images
images

भारतको व्यापार निर्देशनालयले सूचना जारी गर्दै सन् २०२४ सम्मका लागि प्याजको निर्यातमा प्रतिबन्ध लगाएको हो। आन्तरिक बजारमा प्याजको मूल्य आकाशिएपछि भारतले निर्यातमा रोक लगाएको हो। 

यसअघि भारतले प्याजको निर्यातमा ४० प्रतिशत कर लगाएको थियो। करलेमात्र निर्यात नियन्त्रण नभएपछि न्यूनमतम समर्थन मूल्य तोकेको थियो। यी उपकरणले पनि काम नगरेपछि सन् २०२४ को मार्चसम्मका लागि प्रतिबन्ध लगाइएको हो। 

यद्यपि सरकारले निर्णय गरेर कुनै निश्चित देशलाई खोल्नसक्ने छ। भारतले आन्तरिक उत्पादनमा वृद्धि नभएपछि प्याजको निर्यातलाई निरुत्साहित गर्दै आएको थियो। 

images

भारत सरकारको यो निर्णयबाट नेपाली बजारमा प्याज बजार प्रभावित हुने भएको छ। नेपालले आफूलाई चाहिने प्याजको १० प्रतिशत मात्र उत्पादन गर्ने अनुमान रहेको छ। नेपालसँग प्याज उत्पादन, स्टक तथा मागको तथ्यांक नभएकाले यसको यकिन तथ्यांक भने छैन। मागको अधिक भाग आयातमै पर पर्ने अवस्था रहेको छ। आयात भारतबाटै हुन्छ। 

 


प्रकाशित : शुक्रबार, मंसिर २२ २०८०१२:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend