आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

युवापुस्ताले चासो नदिँदा लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

images
बिहीबार , मंसिर २१ २०८०
images
युवापुस्ताले चासो नदिँदा लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

माझी समुदायको संस्कृति लोप हुँदै जाँदा उनीहरुको अस्तित्व नै संकटमा पर्ने खतरा बढेको भन्दै पछिल्लो समय यसको संरक्षण थालिएको छ।

images
images

मन्थली- रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ। माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो।

images
images
images

रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ। स्थानीयरुपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयवासी बलबहादुर माझीले बताए।

images
images

पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनुलगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो।

images
images

सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ। माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान संघले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ। 

संघका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृतिअन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ। उनका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन्।

पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृति लोप हुँदै जाँदा उनीहरुको अस्तित्व नै संकटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्कृति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताए।    

संस्कृतिसँग जोडिएका बाजा लोप हुँदै जाँदा माझीको अस्तित्व नै संकटमा पर्ने अवस्था देखेर उनीहरुका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताए। रासस


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१३:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend