सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

सूचनाको हक र गोपनीयतासम्बन्धी कानूनमा संशोधन गरिनेछ : प्रधानमन्त्री

images
बिहीबार , मंसिर २१ २०८०
images
images
सूचनाको हक र गोपनीयतासम्बन्धी कानूनमा संशोधन गरिनेछ : प्रधानमन्त्री

सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक रहेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानूनमा संशोधनका लागि पहल गरिने बताएका छन्।
        
राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताएका हुन्।

images
images
images

आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले प्रधानमन्त्री दाहाललाई आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन हस्तान्तरण हो। आयोगका आयुक्त रत्नप्रसाद मैनालीका अनुसार प्रधानमन्त्री दाहालले सूचनाको हकसम्बन्धी कानूनमा आवश्यक संशोधन गरी आयोगलाई स्रोत, साधनलाई प्रभावकारी बनाउन आफू सकारात्मक रहेको विश्वास दिलाएका थिए।

images

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागी भएका थिए। आयोगले प्रतिवेदन र सिफारिसबारे आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ। रासस

images
images
images


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१२:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend