सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

निर्वाण चौधरीको गम्भीर आरोप - एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्

images
बिहीबार , मंसिर २१ २०८०
images
images
निर्वाण चौधरीको गम्भीर आरोप - एनसेल काण्डमा मुछिएकाहरूले नै सीजी टेलिकमलाई रोकिरहेका छन्

अहिले एनसेल काण्डमा रहेकाहरू नै सीजीलाई रोक्न विगत दश वर्षदेखि लागिपरेको उनले बताएका छन्।

images
images

काठमाडौं- चौधरी समूहका उपाध्यक्ष निर्वाण चौधरीले दूरसञ्चार सेवा सञ्चालन अनुमतिको सन्दर्भमा गम्भीर आरोप लगाएका छन्। 

images
images
images

नेपाली उपभोक्तालाई सस्तोमा सेवा दिने वाचा गर्दा पनि नेपाली कम्पनीलाई अनुमति दिन रोक्नेहरूले नै अहिले 'एनसेल काण्ड' चलाइरहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा उनले नेपालको टेलिकम क्षेत्रमा माफियाहरूलाई जनताले राम्रैसँग चिन्न पाएको उल्लेख गरेका छन्। 

images

सीजी टेलिकमले उपभोक्तालाई भ्वाइस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि लाइसेन्स रोक्नेहरूको अनुहार खुल्दै गएको उनले उल्लेख गरेका छन्। 

images
images
images

‘किन नेपाली कम्पनीलाई स्वीकृति दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाइने हो? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० वर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्’ उनले लेखेका छन्। 

अहिले एनसेल काण्डमा रहेकाहरू नै सीजीलाई रोक्न विगत दश वर्षदेखि लागिपरेको उनले बताएका छन्। 

सीजी टेलिकमले लाइसेन्स लिनका लागि वर्षौंदेखि प्रयास गर्दापनि सफल भएको छैन। ग्रामीण दूरसञ्चारको लाइसेन्स भएको सीजीले अनुमति पाएको छैन। विधि र प्रक्रिया नमिलेको भन्दै सरकारले सीजीलाई लाइसेन्स दिएको छैन। 

सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया फेरि अवरुद्ध  सीजी टेलिकमलाई लाइसेन्स दिने प्रक्रिया फेरि अवरुद्ध 


प्रकाशित : बिहीबार , मंसिर २१ २०८०१२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend