सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

एनसेल बिक्री प्रकरणमा स्थापित संयन्त्रबाहिर आयोग बनाउनु गलत : सांसद मनिष झा

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २० २०८०
images
images
एनसेल बिक्री प्रकरणमा स्थापित संयन्त्रबाहिर आयोग बनाउनु गलत : सांसद मनिष झा

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले सत्ता गठबन्धनले यो विषयमा छानवीन गर्न आयोग बनाउने निर्णय गरेको विषयप्रति लक्षित गर्दै यो गर्न नहुने बताएका हुन्।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एनसेलको सेयर बिक्री प्रकरणमा स्थापित संयन्त्रलाई बाइपास गर्नेगरी आयोग बनाउन नहुने बताएका छन्। 

images
images
images

सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले सत्ता गठबन्धनले यो विषयमा छानबीन गर्न आयोग बनाउने निर्णय गरेको विषयप्रति लक्षित गर्दै यो गर्न नहुने बताएका हुन्। 

images

सेयर बिक्री प्रथम दृष्टिमै अस्वभाविक देखिएको भएपनि यसका लागि राज्यका स्थापित संयन्त्रबाट काम सुरू गर्नुपर्ने उनको भनाइ छ।

images
images
images

कम्पनी रजिष्ट्रार, उद्योग विभाग, नेपाल दूरसञ्चार प्राधिकरण जस्ता जिम्मेवारी भएका निकायबाटै काम हुनुपर्ने उनको भनाइ छ। 

करको विषयमा आयोगले भन्दा आन्तरिक राजस्व विभागले नै राम्रो गर्नेमात्र होइन राजनीतिक निर्णयबाट बनाइने आयोगबाट प्रतिफलभन्दा पनि चोख्याउने गरेको यसअघिकै अनुभव भएकाले त्यस्तो गर्न नहुने उनको भनाइ छ। 

लेखा समितिले उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र दूरसञ्चार प्राधिकरणसँग जवाफ मागेको थियो। यी सबै निकायले एनसेलको सेयर बिक्रीका बारेमा यसअघि औपचारिक जानकारी नआएको जवाफ दिएका छन्। 


प्रकाशित : बुधबार, मंसिर २० २०८०१७:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend