सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

अजियाटाको सीईओको अभिव्यक्तिले देशकै छवि धुमिल भयो : स्वर्णिम वाग्ले

अजियाटाका सीईओलाई नेपाल बोलाउन माग

images
बुधबार, मंसिर २० २०८०
images
images
अजियाटाको सीईओको अभिव्यक्तिले देशकै छवि धुमिल भयो : स्वर्णिम वाग्ले

एनसेलको सेयर बिक्री गर्ने मलेसियाको अजियाटा समूहले सार्वजनिक गरेको विज्ञप्तिमा त्यसका सीईओ विवेक सुदले दिएको अभिव्यक्ति आपत्तिजनक भएको उनको भनाइ छ।

images
images

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले एनसेलको सेयर बिक्री प्रकरणसम्म पुग्दा भ्रष्टाचारले देशको अवस्था सिकिस्त भइसकेको पुष्टि भएको बताएका छन्। 

images
images
images

संसदको अर्थ समितिमा बोल्दै सांसद वाग्लेले एनसेलको पछिल्लो स्वामित्व परिवर्तनको सम्झौताले एकसाथ देशको शासनसत्ता, कानूनी व्यस्था तथा समग्र समाजको चित्रण गरेको बताएका हुन्।

images

‘रामायणका विभिन्न काण्डहरू पढेर, सुनेर र हेरेर हुर्किएका हामी अहिले भ्रष्टाचारका काण्डको श्रृखला देखिरहेका छौँ। नक्कली शरणार्थी, स्टक एक्सचेन्ज काण्ड हुँदै अहिले एनसेल काण्डसम्म पुगेका छौँ। यस्ता काण्डको प्रभाव देशकै छविमा पर्न थालेको कुरा निकै चिन्ताजनक छ’ उनले भने। 

images
images
images

एनसेलको सेयर बिक्री गर्ने मलेसियाको अजियाटा समूहले सार्वजनिक गरेको विज्ञप्तिमा त्यसका सीईओ विवेक सुदले दिएको अभिव्यक्ति आपत्तिजनक भएको उनको भनाइ छ। 

विवेक सुदले अजियाटाको सुखद भविष्यका लागि भनेर एनसेलमा बिक्रीमा राख्नुपर्ने र त्यसका पछाडि नेपालको अर्थ राजनीतिलाई इंगित गरेका छन्। 

‘यसले देशको विकासका लागि विदेशी लगानी आवश्यक बढ्दै गएको समयमा यसरी छवि धुमिलिने खतरा छ। त्यो अर्थराजनीतिक अवरोध के हो? कसले गरे अवरोध? कोही निश्चित मान्छेका कारणले देशको छवि धुमिल हुन भएन। त्यसैले उनीलाई हामीले बोलाउनुपर्छ’ उनले भने। 

वर्षमा ४० देखि ६० अर्बसम्म कारोबार गर्ने कम्पनीले लगानीको वातावरण भएन भनेर बाहिरिनु सामान्य नभएको उनको भनाइ छ। नेपाली साझेदारले उच्च पदस्थलाई सिंगापुर घुमाउने प्रभावमा पार्ने जस्ता गतिविधिमात्र गरेको मात्र होइन तिनै मान्छेले एनसेलको पूर्ण स्वामित्व लिएको कुरा चिन्ताजनक भएको उनको भनाइ छ। 


प्रकाशित : बुधबार, मंसिर २० २०८०१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend