शनिबार, साउन १२ गते २०८१    
images
images
images

आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

images
मंगलबार, मंसिर १९ २०८०
images
images
आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच क्यासलेस इन्स्योरेन्स सम्झौता

क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गइ मर्मत गराउन सक्नेछन्। ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुनेछ।

images

काठमाडौं- आइशर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबीच क्यासलेस इन्स्योरेन्स सम्झौता भएको छ।

images
images

नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल प्रालिले आफ्ना ग्राहकहरूलाई मध्यनजर गर्दै सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको हो।

images

बतास एमएडब्लूका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवाल, प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतास र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको तर्फबाट मार्केटिङ हेड रामजी ढकाल, उपप्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ, कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीको उपस्थितिमा काठमाडौंस्थित बतासको मुख्य कार्यालयमा आयोजित एक समारोहमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यो सम्झौतासँगै अब क्यासलेस योजनामार्फत दुर्घटना भएको खण्डमा आइशर मोटर्स गाडीका खरिदकर्ताहरू बतास एमएडब्लूका आधिकारिक सर्भिस सेन्टरहरूमा सिधै गइ गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।

images

क्यासलेस इन्स्योरेन्सअन्तर्गत ग्राहकले सवारीसाधन दुर्घटनामा परेको खण्डमा सोझै आइशरको आधिकारिक वर्कसपमा गइ मर्मत गराउन सक्नेछन् र ग्राहकले बिमा रकम बाहेकको रकम मात्र तिर्नुपर्ने हुन्छ, बाँकी रकम बिमा कम्पनी र बतास एमएडब्लूबीच कारोबार हुनेछ।

दुर्घटना कुनै पनि बेला हुन सक्ने र दुर्घटना भएपछि हुने पीर, चिन्ता र तनावलाई केहि हदसम्म घटाउनलाई यो क्यासलेस इन्स्यारेन्सले मद्दत गर्ने कम्पनीको विश्वास छ। यसका साथै ग्राहकले दुर्घटनापछि दाबी रकम इन्स्योरेन्स कम्पनीहरुले दिँदैनन् कि भन्ने मानसिक तनावबाट पनि मुक्त हुने र ग्राहकहरुले आफूले पाउने पैसा बिनाझन्झट छिट्टै पाउने तथा छिट्टै मर्मतसम्भार सकेर आफ्नो गाडी सडकमा लिएर निस्किन सक्ने अवस्था हुन्छ।

योसँगै सुरक्षाको दृष्टिकोणले आधिकारिक सर्भिस सेन्टरमा बनाउँदा दक्ष मेकानिकको निगरानीमा मर्मत हुने हुँदा सुरक्षित हुने जानकारी कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालले बताए।

यसअघि आइशरले आफ्ना ग्राहकहरूलाई लक्षित गरी प्रत्येक गाडीको खरिदमा चालकलाई २५ लाखको आकस्मिक बिमा उपलब्ध गराउँदै आइरहेको छ। ग्राहकहरूको आवश्यकतालाई महसुस गर्दै यस्ता समयसमपेक्ष कार्यक्रम ल्याउने गरेकै कारण अहिले आइशर नेपालसहित विश्वबजारमा ग्राहकको पहिले रोजाइ बन्दै आइरहेको कम्पनीको दाबी छ।


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१७:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend