सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्रीले भने - विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ

images
मंगलबार, मंसिर १९ २०८०
images
images
एनसेल खरिदबिक्री प्रकरणबारे अर्थमन्त्रीले भने - विश्लेषणपछि सरकार निष्कर्षमा पुग्छ

एनसेल खरिदबिक्री सम्बन्धमा कानूनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्रीले बताए।

images
images

त्रिवेणी- अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने बताएका छन्। आज नवलपरासीको नवलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री महतले एनसेल बिक्री प्रकरणमा सम्बन्धित निकायबाट जानकारी लिने काम भइरहेको र त्यसको आधारमा सरकार निष्कर्षमा पुग्ने बताएका हुन्।

images
images
images

नियमन गर्ने निकाय नेपाल दूरसञ्चार प्राधिकरण र राजस्वका सम्बन्धमा राजस्व अनुसन्धान एवं कर कार्यालयका पदाधिकारीसँग छलफल जारी रहेको भन्दै मन्त्री महतले त्यसपछि सरकार निष्कर्षमा पुग्ने बताए।

images

'किनबेच गर्ने निकायले नियमन गर्ने निकायसँग त्यसको अनुमति लिएर किनबेच गर्नुपर्ने व्यवस्था छ। त्यसको बाबजुद बाहिर नै किनबेच भयो भन्ने कुरा आएको छ। यसको गहिराइमा हामी पुग्छौँ, हाम्रो कानूनी व्यवस्था जे छ, कानूनी व्यवस्थाको आधारमा यसको गहिराइमा गएर विश्लेषण गरी सरकार निष्कर्षमा पुग्नेछ', अर्थमन्त्रीले भने।

images
images
images

किनबेच हुने कुरा कुनै अनौठो विषय नभएको तर विधिपूर्वक कानूनी व्यवस्था अनुसार भयो कि भएन भन्ने कुरा प्रमुख रहेको उनले बताए। 'कानूनी व्यवस्थाअनुसार किनेबेच भयो भएन भन्ने हो, कुनै कारणले रकम कम देखाएको त छैन, त्यसको यथार्थ मूल्यभन्दा के कारणले तल भयो त्यसको छानबिन हुनुपर्छ,' अर्थमन्त्री डा महतले भने, 'तर किनबेच हुँदैमा लगानीकर्ता आउन खोजेनन्, हाम्रो अर्थनीति ठीक भएन भन्ने होइन।'

अर्थमन्त्री डा महतले अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताए। उद्यमीका समस्या सम्बोधन गर्न राष्ट्रबैंकमार्फत गृहकार्य भइरहेको उनले बताए। बैंकसँग ऋण लिएपछि जसरी पनि तिर्नुपर्नेमा उनले जोड दिए। रासस


प्रकाशित : मंगलबार, मंसिर १९ २०८०१४:५०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend