बिहीबार , वैशाख २० गते २०८१    
images
images

कालीगण्डकी करिडोर : लयमा फर्कियो बेगखोला-नागढुंगा खण्डको काम

images
images
images
कालीगण्डकी करिडोर : लयमा फर्कियो बेगखोला-नागढुंगा खण्डको काम

धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका हुन्।

images
images

म्याग्दी- राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर, बेनी-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत म्याग्दीको बेगखोला-भुरुङ तातोपानी खण्डको काम तीन वर्षपछि लयमा फर्किएको छ। 

images
images
images

समुदाय, जनप्रतिनिधि र सरोकारवालाको दबाबपछि बेगखोलादेखि भुरुङ तातोपानीको नागढुंगा खण्डका निर्माण व्यवसायी काममा फर्किएर कालोपत्रको तयारी थालेका हुन्।

images

रघुगंगा गाउँपालिका-३ राहुघाटदेखि अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीको नागढुंगासम्मको १९ किलोमिटर सडक कालोपत्र गर्न विसं २०७४ मा शर्मा युनाइटेड जेभी र बेनी-जोमसोम-कोरला सडक योजनाबीच ठेक्का सम्झौता भएको थियो।  

images

मुख्य ठेकेदारले काम नगरेर सहायकलाई ठेक्का दिएको, प्रतिकूल भूगोल, विपद् र कोरोना महामारीका कारण यो सडक निर्माण विसं २०७७ हिउँददेखि सुस्ताएको थियो। धरौटी जफत, ठेक्का तोड्ने र कालोसूचीमा राखेर कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार काममा फर्किएका बेनी-जोमसोम-कोरला सडक योजनाका प्रमुख ध्रुव झाले जानकारी दिए।

images
images

'पहिरोग्रस्तस्थल र कडा पहरा फुटाउनुपर्ने भागमा बाहेक सडक विस्तार, नाली, पर्खाल निर्माण र सब बेस बिछ्याउने काम सकिएको छ,' उनले भने, 'चमेरे, वैसरी र महभिर बाहेकको सडक कालोपत्रको तयारी भएको छ।' 

शर्मा युनाइटेडका इन्जिनियर प्रशान्त तिमिल्सिनाले करिब छ किलोमिटर दुरीमा सब बेस र बेस राख्ने काम सकिएको बताए। 'मौसमले साथ दियो भने छदेखि आठ किलोमिटर सडक यसपालि कालोपत्र गर्नका लागि मजदुर र उपकरण परिचालन गरी तयारी थालेका छौँ', उनले भने।

यस खण्डका विभिन्न स्थानमा करिब चार किलोमिटर पहिरोस्थल भएकाले ग्राभेल गर्ने, महभिरमा कडा पहरा भएकाले आयोजनाले सुरुङ निर्माण गर्ने योजना बनाएको र तातोपानी कुण्डको केही भागमा वैकल्पिक सडक निर्माण गर्नुपर्ने भएकाले ठेक्काबाट  हटाइको छ। रघुगंगा गाउँपालिकाको राहुपारेदेखि बेगखोला खण्डको करिब छ किलोमिटर दुई वर्षअघि कालोपत्र भएको थियो। राहुघाट-बेगखोला खण्डको सडक कालोपत्र गर्ने जिम्मेवारी लिएको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालकलाई ताकेता गरिएको शर्मा युनाइटेडका इन्जिनियर तिमिल्सीनाले बताए।

बेगखोला-नागढुंगा खण्डको कामलाई पूर्णता दिन मूल ठेकेदार आएको छ। राहुघाट-बेगखोला खण्डको सहायक ठेकेदारले काम नगरे मूल ठेकेदारलेनै पूर्णता दिने जनाएको छ। कालोपत्र भइसकेको बैसरी र सिरुबारी क्षेत्रमा ठूलो पहिरो खसेकाले जोखिम बढाएको छ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बेनी-जोमसोम-कोरला सडक आयोजनाको म्याग्दी खण्डमा अलपत्र परेको कालोपत्र गर्ने कामलाई लयमा फर्काउन संघीय सरकारकामन्त्री, सचिव र आयोजनाका प्रमुखसँग समन्वयका साथै जिल्ला र पालिकास्तरमा समन्वय तथा सहजीकरण गरिएको बताए।

'म्याग्दी खण्डमा सडक निर्माण अलपत्र हुँदा यात्रुलाई सास्ती भएको विषयमा प्रधानमन्त्री र विभागीय मन्त्रीको ध्यानाकर्षण गराएका छौँ', गत हप्ता निर्माणाधीन सडक अनुगमन गरेका उनले भने, 'नागढुंगादेखि मुस्ताङको घाँसा खण्डसम्मको सडक निर्माणलाई पनि लयमा फर्काउन दबाबका साथै समन्वय र सहजीकरण गरिरहेका छौँ।' रासस

images

प्रकाशित : मंगलबार, मंसिर १९ २०८००२:०५

प्रतिक्रिया दिनुहोस