सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, मिहीन अध्ययन गर्न निर्देशन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, मंसिर १८ २०८०
images
images
एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्रीको चासो, मिहीन अध्ययन गर्न निर्देशन

एनसेलमा रहेको ८० प्रतिशत सेयर अजियाटाले बिक्री गरेको थियो। यसअघि नै २० प्रतिशत स्थानीय साझेदरका रुपमा रहेका सतिसलाल आचार्यले २ महिनाअघि स्थापना गरेको स्पेक्ट्रोलाइट युकेले खरिद गरेको छ।

images
images

काठमाडौं- एनसेलको सेयर खरिद बिक्रीमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चासो व्यक्त गरेका छन्। 

images
images
images

देश बाहिर नै एनसेलको ८० प्रतिशत सेयर बिक्री भएपछि प्रधानमन्त्री प्रचण्डले चासो व्यक्त गरेका छन्। देश बाहिर नै कारोबार भएकाले यो क्रममा विधि र प्रक्रियापूरा भए नभएको विषयमा अनुसन्धान गर्न निर्देशन दिएका छन्। 

images

प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्‍चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न प्रचण्डले निर्देशन दिएका छन्। 

images
images
images

एनसेलमा रहेको ८० प्रतिशत सेयर अजियाटाले बिक्री गरेको थियो। यसअघि नै २० प्रतिशत स्थानीय साझेदरका रुपमा रहेका सतिसलाल आचार्यले २ महिनाअघि स्थापना गरेको स्पेक्ट्रोलाइट युकेले खरिद गरेको छ।

५ करोड डलर र निश्चित समयका लागि आम्दानी बाँडफाँड हुनेगरि भएको सम्झौतालाई सरकारी निकायहरूले सन्देहका साथ हेरिरहहेका छन्। लेखा समितिले पनि यसमा चासो दिएको छ। 


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१८:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend