सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

images
सोमबार, मंसिर १८ २०८०
images
images
सिर्सिया सुक्खा बन्दरगाह भन्सारबाट ११ कार्टुन सुकमेल चोरी

आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधिका अनुसार चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रूपैयाँ रहेको छ।

images
images

वीरगञ्ज- पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ।

images
images
images

काठमाडौंस्थित पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो।

images

गत अक्टोबर १९ तारिकमा दुबई हुँदै विशाखापटम् बन्दरगाह भएर एक्सप्रेस-वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याइएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर इएससीयू २००२२०६ र इएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जस्थित प्रतिनिधि मधु बरालले जानकारी दिए।

images
images
images

उनका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो। चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रूपैयाँ रहेको उनको भनाइ थियो। सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराए।

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, दस प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि चाँचपासका लागि सो कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएको थियो। यता उक्त कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको उक्त घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताए। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend