शनिबार, जेठ ५ गते २०८१    
images
images

लगानीकर्ता 'प्यानिक' हुँदा सेयर बजारमा दिनदिनै उतारचढाव

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २२ २०७८
images
images
लगानीकर्ता 'प्यानिक' हुँदा सेयर बजारमा दिनदिनै उतारचढाव

सेयर बजारमा ४४ दशमलव १८ अंकको करेक्सन आएको छ। आइतबार नौ महिना यताकै १०८ अंक सहितको उच्च करेक्सन आए पछि लगानीकर्ता प्यानिक बन्न पुगेको थिए। जसको असरले सेयर बजारमा हलचल नै ल्याएको थियो ।

images
images

काठमाडौं- सेयर बजारमा ४४ दशमलव १८ अंकको करेक्सन आएको छ। आइतबार नौ महिनायताकै  १०८ अंकसहितको उच्च करेक्सन आएपछि लगानीकर्ता 'प्यानिक' बन्न पुगेको थिए। जसको असरले सेयर बजारमा हलचल नै ल्याएको थियो।

images
images
images

विशेषगरी  मौद्रिक नीतिमार्फत केन्द्रीय बैंकले व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म मात्र  कर्जा लिन सक्ने प्रावधान राखेपछि ठूला लगानीकर्ताले यस नीति हटाउनका लागि चर्को दबाब दिएका थिए। आइतबारको बजारपछि राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई थप दबाब परेको थियो।

images

सोमबार पनि लगानीकर्ताले गभर्नरको राजीनामा माग गर्दै १५ बुँदे माग राखेर प्रर्दशन गरेपछि अर्थमन्त्रीले टेलिफोन गरी आवश्यक प्रक्रिया मिलाएर पुँजी बजारको समस्या समाधान गर्न निर्देशन दिएका थिए। उक्त समाचार बाहिरिएपछि बजारमा एकाएक सेयर बजारकै इतिहासमा १ सय ६१ अंकको छलाङ आएको थियो।

images
images

मंगलबार कारोबारमा आउने १३ वटै समूहको सूचक मध्ये २ समूहको सूचक बाहेक सबै समूहको सूचक नकारात्मक बन्न पुगेको छन्। निर्जीवन बीमा, होटल तथा पर्यटन, विकास बैंक, बाणिज्य बैंक समूहका  सूचकका लगानीकर्ता सो दिन निराश बनेका छन्। आरएम डिसी लघुवित्त वित्तीय संस्था, रुरु जलविद्युत परियोजना, प्रागेसिभ फाइनान्स कम्पनीले सो दिन सबैभन्दा धेरै गुमाउन पुगेका छन्। त्यसैगरी सानिमा लाइफ इस्योरेन्सको १० प्रतिशतले बढेर सर्किट मूल्यमा कारोबार भएको छ। युनाइडेट मोदी हाइड्रो पावर, हाइड्रो इलेक्ट्रिसिटी, युनिलेभर नेपाल लगायत कम्पनीको मूल्य बढ्दा यी कम्पनीका लगानीकर्ता उत्साहित बनेका छन्।

images
images

सो दिन सेयर बजार १ दशमलव ४८ प्रतिशतले घटेर नेप्से सूचक २ हजार ९ सय ३६ दशमलव ६१ विन्दुमा पुगेर थामिएको छ। लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहँदा बजारले करेक्सन लिन पुगेको विश्लेषकहरू बताउँछन्। विशेषगरी साना लगानीकर्ता अहिले पनि प्यानिक अवस्थामा छन्। जसले उनीहरू बजार बढ्ने प्रतिक्षा बसेका छन्। जसको असर मंगलबारको बजारमा परेको प्रष्ट देखिन्छ। सेयर खरिद बिक्रीमा ठूलै मात्रामा गिरावट आएको छ। 

आइतबार ११ अर्ब  हुँदै सोमबार ९ अर्बसम्म  सेयर खरिद बिक्री भएकोमा मंगलबार  २ सय २२ कम्पनी कारोबारमा आएर १ करोड ५० लाख कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ४९ करोड ५८ लाख रुपैंयाको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा युनाइटेड मोदी हाइड्रो पावर कम्पनी रहेको छ। कम्पनीको सो दिन ६१ करोड ९२ लाख रुपैंयाको कारोबार भएको छ  भने दोस्रो कारोबार हुने कम्पनीमा अरुणभ्याली हाइड्रो पावर कम्पनी रहेको छ। कम्पनीको सो दिन ३८ करोड  ४२ लाख रुपैंयाको कारोबार भएको छ। त्यसैगरी कारोबार हुने कम्पनीमा क्रमशः अपि पावर कम्पनी र ज्योति विकास बैंक रहेका छन्।

कतिपय लगानीकर्ता भने सोमबार उच्च अंकले बढेको बजारले मंगलबार करेक्सन हुनु सामान्य भएको बताउँछन्। ‘यसलाई करेक्सन भनेर बुझ्नुपर्छ बजार माथिल्लो अंकले बढेपछि करेक्सन हुँदै अघि बढ्नु सेयर बजारको नियममै पर्छ यसलाई लिएर प्यानिक हुनुपर्ने अवस्था छैन,’ एक लगानीकर्ताले भने।

सेयर बजारमा बढेर उत्साहित बनेका लागनीकर्ता राष्ट्रबैंकले पुन फेरि कर्जा सम्बन्धीको नीतिलाई तत्काल संशोधन गर्न नसकिने बताएपछि त्यसको असर पुनः सेयर बजारमा परेको  लगानीकर्ता संरक्षण चौधरी बताउँछिन्। ‘बजारले कुनै दबाब खेप्न सक्दैन बजार भनेको सन्तुलित हुने कुरा हो हावामा बहने कुरा होइन अर्थमन्त्रीको कुराले लगानीकर्ताहरुमा सकारात्मक भाइब उत्पन्न भएको थियो जसले बजारलाई माथि पुर्‍यायो नीतिलाई हटाएर मात्र समस्याको समाधान हुन्छ बजारको गति ठीक हुन्छ’ उनले भनिन्।

लगानीकर्तालाई छल गर्ने काम नगर्न र नीति नसच्याए राष्ट्र बैंकअगाडि अनसन बस्ने पुँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकाल बताउँछन्। ‘सेयर बजारको अहिलेको नीतिले बजारलाई भविष्यमा कोल्याप्स पार्ने कडि बन्न सक्छ, त्यसका नवप्रवेश गरेका लगानीकर्तामा नकारात्मक बन्ने अवस्था नआउनका लागि पनि नीति सच्याइन पर्छ  हामीले ध्यानाकर्षण पत्र बुझाएका छौं कार्यन्वयन हुने आशामा छौं नभएर थप आन्दोलन  जारी राख्छौं,’ उनले भने।


प्रकाशित : मंगलबार, भदौ २२ २०७८१०:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend