सोमबार, माघ ७ गते २०८१    
सोमबार, माघ ७ २०८१
images
images

हुम्ला, कालिकोट र मुस्ताङमा हिमपात, बालीनाली सप्रिने अपेक्षा

images
सोमबार, मंसिर १८ २०८०
images
images
हुम्ला, कालिकोट र मुस्ताङमा हिमपात, बालीनाली सप्रिने अपेक्षा

मुस्ताङ, कालिकोट र हुम्लामा यस याममा पहिलोपटक हिमपात भएको छ। सुकेर मर्न थालेका बालीनाली अब सप्रिने किसानको अपेक्षा छ।

images
images

सिमकोट- हुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हिमपातपछि चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ।

images
images
images

सिमकोटसहित तल्लो भेगमा समेत हिमपात भइरहेको छ भने जिल्लाको उत्तरी उच्च क्षेत्रमा एक फिटसम्म हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको नाम्खा गाउँपालिका-६ स्थित हल्जी स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी लोकेश बोहराले बताए। हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रस्थित नाम्खा गाउँपालिकामा चिसो अत्यधिक बढेको स्वास्थ्यकर्मी बोहराले बताए। हिमपात भएसँगै आवतजावतमा समेत कठिनाइ भएको उनको भनाइ छ।

images

आज बिहानदेखि हिमपात भएसँगै अन्तरजिल्ला जोड्ने भए मात्रै यातायातको साधन हवाईसेवा पनि प्रभावित बनेको छ। जिल्ला बाहिर जाने यात्रु समेत सिमकोटमै रोकिएका छन्। बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीय लव परियारले बताए। अहिलेसम्म सदरमुकाम सिमकोटमा चार इञ्चभन्दा बढी हिमपात भएको छ।

images
images
images

यस वर्ष पहिलो पटक हिमपात भएको र यसले बालीलाई राम्रो गर्ने स्थानीयको भनाइ छ। जेठमा पाक्ने उवा, जौँ र गौँ बालीलाई यसपटक परेको हिउँले उत्पादनमा राम्रो गर्ने भएको छ। चिसोबाट बच्न यहाँका बासिन्दा, कर्मचारी, विद्यार्थीले दाउराको जोहो गर्दै आगो ताप्ने गरेका छन्। चिसोबाट बच्न न्यानो भएर बस्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। 

मुस्ताङमा पनि हिमपात

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ। सोमबार बिहानैदेखि हिमपात भएको हो। सदरमुकाम जोमसोमदेखि आसपासका सबै क्षेत्रमा हिमपात भइरहेको सहायक बागलुङ प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए।

बिहानैदेखि हिमपात भए पनि कार्यालयहरु सञ्चालन भएको उनको भनाइ छ। यातायताका साधन पनि निरन्तर चलिरहेका छन्। हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन्। लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए।

यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ। यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुन नसकेको उनको भनाइ छ। बिहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए।

उनी भन्छन्, 'यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए।'

मान्ममा हिमपात

कालीकोटको मान्ममा पनि आज बिहानैदेखि पानी परेपछि कालीकोटका किसान खुसी भएका छन्। कर्णालीका हिमाली जिल्लामा पानी र हिमपात सुरु भएपछि बाली सप्रिने आशामा किसान खुसी भएका हुन्।

पानीसहित हिमपात पर्नु किसानका लागि निकै राम्रो भएको कालिकोट नरहरिनाथ गाउँपालिका वडा नं. ९ का वडा अध्यक्ष प्रदीप बोहोराले बताए। 'गहुँ बाली छरेका बेला पानी परेकाले किसानका लागि निकै राम्रो भएको छ', उनले भने। 

मान्मको तल्लो भू-भागमा पानी परेको छ भने उच्च क्षेत्रमा हिमपात सुरु भएको कालीकोट रास्कोट नगरपालिका-१ का धनिराम सिंम्खडाले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, मंसिर १८ २०८०१२:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend